गाउँगाउँमा कोरोना फैलिएको पुष्टि : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले गाउँगाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा नियन्त्रणमा आइसकेको संक्रमण अहिले फेरि बढेको जनाएको हो। यससँगै देशभर पाँच सय भन्दाबढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ४२ पुगेको छ ।तीमध्ये पनि सबैभन्दा धेरै संक्रमित काठमाडौं, ललितपुर, मोरङ, भक्तपुर, रुपन्देही, झापा, कैलाली, कास्की, काभ्रेपलाञ्चोक र चितवनमा रहेका छन् ।बुधबार मन्त्रालयमा आयोजित कोभिड- १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्ण पौडेलले पछिल्लो १४ दिनमा गरिएको परीक्

सम्बन्धित सामग्री

छिमेकमा कोरोना भाइरस देखिएको छ, बुस्टर डोज लगाइहाल्नू : स्वास्थ्य मन्त्रालय

९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ […]

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट […]

नेपालमा कोरोनाकाे सब भेरियन्ट ‘बिएफ-७' पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बिएफ–७ नेपालमा पुष्टि भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट  पुष्टि नभएकाे जानकारी गराएको हो।  पछिल्लो एक महिनामा...

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन […]

काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, संक्रमित पनि बढे

काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । मन्त्रालय स्रोतका अनुसार ११० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक

कोरोना संक्रमणको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ ।  यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा

थप ५१ जनामा काेराेना पुष्टि, ३ सय ९२ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय १४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यस्तै २४ घण्टामा तीन सय ९२ जना काेराेना सङ्क्रमणबाट मुक्त भएका छन् । यही अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । अब नेपालमा तीन हजार नौ सय ९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  यसैबीच २४ घण्टामा २९ हजार तीन सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालय...

नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन ओटा भेरिएन्टको चुनौती : स्वास्थ्य मन्त्रालय

साउन १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन ओटा भेरिएन्टको चुनौती थपिएको जनाउँदै संक्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।            राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संकलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी दिंदै मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ । रासस

पूर्वराजा–रानीलाई कोरोना संक्रमण

काठमान्डाैं / भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका पुर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह दुवैलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ... The post पूर्वराजा–रानीलाई कोरोना संक्रमण appeared first on Purbeli News.

संक्रमित नै नभएकाले कोरोना बीमा दाबी गरेपछि स्वास्थ्य मन्त्रालय रुष्ट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाइएको बताए । मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । उनले कतिपयले सङ्क्रमित नभएपनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको जानकारी दिए । 'कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति...