नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ । यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा