सहकारीहरुलाई कार्ड जारी गर्ने सम्झौतामा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कार्ड जारी गर्न लागिएको हो । ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले कार्ड जारी गर्नेछन । यसका लागि एससीटिले चाइना युनियन पे युपीआईसँग सहकार्य गर्दै आएको छ । सहकारीका सबै सदस्यलाई सेवा पु¥याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटिएम मसिन मार्फत सहजै चलाउन सकिनेछ । यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कार्ड  जारी गर्न सक्नेछन् । यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुने बैंकले जनाएको छ ।यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ । 

सम्बन्धित सामग्री

२५ सय शोसहित सौगात मल्लको ‘अगस्त्य’ अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने

काठमाडौं । सौगात मल्ल स्टारर थ्रिलर फिल्म ‘अगस्त्य’ २५ सयभन्दा बढी शोसहित विश्वव्यापी प्रदर्शन हुने भएको छ । बिहीबार फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार किनेको सेभेन सिज र निर्माताबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिजबीच फिल्मको पहिलो संस्करणलाई लिएर यस्तो सम्झौता भएको जारी वक्तव्यमा उल्लेख छ । सोही वितरण कम्पनीले […]

‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने

काठमाडौं । ‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिजका प्रतिनिधिबीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने जनाएको छ । ‘यो कुराले समग्र […]

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् ।सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा स

भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौतामा हस्ताक्षर

काठमाडौं– भारत र पाकिस्तानबीच सिन्धु नदीको पानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिन्धु नदीबारे वार्ता गर्न भारत पुगेको पाकिस्तानी टोली र भारतीय पक्षबीच यसबारे सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सम्झौता स्थायी सिन्धु आयोगको ११८ औं बैठकमा तय गरिएको जनाइएको छ । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई पक्षबीच मैत्रिपूर्ण एवम् […]

ऋणपत्र जारी गर्न सम्झौतामा हस्ताक्षर

लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।...

नेप्सेको निलम्बन सूचीमा ३४ कम्पनी, सर्वसाधारणको रकम बन्धक

१५ मंसिर, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७७ असोज ६ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । समाज लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाइ यस संस्थाले स्वस्तिसँग मर्जर सम्झौता गरेको थियो । अर्थात यहाँ सर्वसाधारणको समेत लगानी थियो । सूचीकृत […]

प्रतिबन्ध नहटेसम्म इरानले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

इरानका वरिष्ठ नेता अली सालेजेगाले आफूमाथि लागेका सम्पूर्ण प्रतिबन्ध नहटेसम्म पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । ग्लासगोमा जारी जलवायु सम्झौतामा सालेजेगाले यस्तो अडान राखेका हुन् । प्रतिबन्धका कारण उर्जा तथा अन्य क्षेत्रमा पनि इरानको विकास कार्य रोकिएको उनले बताएका छन् ।इरान विश्वको आठौं ठूलो कार्बन उत्सर्जक हो । तर, पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने थोरै मुलुकमध्ये यो पनि पर्छ ।  पछिल्लो समय यहाँ दीर्घकालिन उर्जा क्षेत्रमा विदेशी लगानी घटेको छ । जसकारण, उत्सर्जन बढेक

माल्दिभ्सले एस्ट्राजेनेकाको खोप लिने

एजेन्सी । मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड– १९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् ।  माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।’ अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको वित