वैदेशिक व्यापार घट्यो, व्यापारघाटा १४ खर्ब ५४ अर्ब

काठमाडौं। गत आर्थिक वर्ष (आव) २०७९/८० मा मुलुकको वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १६ दशमलव ५८ प्रतिशतले घटेको छ । गतवर्ष आयात ३ खर्ब ८ अर्ब ७१ करोड र निर्यात ४२ अर्ब ८९ करोड रुपैयाँले घटेको तथ्यांक भन्सार विभागले सोमवार सार्वजनिक गरेको हो ।  आव २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड नाघेको पुगेको कुल वैदेशिक व्यापार २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँमा ओर्लेको छ । गतवर्ष आयात १६ दशमलव शून्य ८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।  कुल वैदेशिक व्यापारमा ९० प्रतिशतभन्दा बढी योगदान रहेको आयातलाई निरुत्साहित गर्ने सरकारी नीतिका कारण कुल वैदेशिक व्यापारको आकार खुम्चिएको हो । विदेशी विनिमय सञ्चितिमा कमी आएको भन्दै सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध गत आर्थिक वर्षको झन्डै आधा अवधिसम्म लम्बिएको थियो ।  निर्यातमा भने प्रोत्साहन नीति हुँदाहुँदै पनि कमी देखिएको छ । भारतले खानेतेलको कच्चा पदार्थ आयातमा लगाउँदै आएको शुल्क घटाएपछि नेपालको निर्यात खुम्चिएको हो । भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) बाहेक अन्य मुलुकबाट आयात हुने खानेतेलको कच्चा पदार्थ आयातमा ४० प्रतिशत शुल्क लगाएको बेला नेपाली व्यवसायीले  विदेशबाट अप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्थे ।  नेपालबाट भारतमा खानेतेल निकासी गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशत मात्र शुल्क तिरे पुग्थ्यो । पछि भारतले अप्रशोधित तेल निकासीमा लाग्ने शुल्क २ दशमलव ५ प्रतिशतमा झारेपछि नेपालबाट हुने निकासीमा नकारात्मक असर परेको हो ।  १३२ देशसँग व्यापारघाटा मुलुकले आव २०७९/८० मा संसारका १७० देशसँग व्यापार गरेकोमा १३२ देशसँग व्यापारघाटा छ । ३८ देशसँगको व्यापारमा नाफा छ । निर्यात गर्ने स्वदेशी वस्तु नहुँदा व्यापारघाटा बढ्दो क्रममा रहेको विज्ञ बताउँछन् ।  सबैभन्दा धेरै व्यापारघाटा भारतसँग छ । सबैभन्दा धेरै नाफा डेनमार्कसँग छ ।  नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपाल स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेसम्म व्यापारघाटा कम नहुने बताउँछन् । ‘हाम्रोमा आन्तरिक उत्पादन नै छैन । हामीले आयातमात्र गर्ने गरेका छौं,’ नेपाल भन्छन्, ‘व्यापारघाटा कम गर्न सरकारले विशेष क्षेत्र छुट्ट्याएर आन्तरिक उत्पादन प्रवर्द्धन गर्नुपर्छ ।’  नेपालमा अनावश्यक वस्तु आयात गर्ने चलन भएको उनी बताउँछन् । ‘नेपालीसँग रेमिट्यान्सको सजिलो पैसा छ । त्यसैले अनावश्यक वस्तु आयात गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हिजोको दिनमा विदेशी मुद्रा सञ्चिति नै सकिने गरी आयात भएको थियो, जसको प्रत्यक्ष असर हामी सबैले भोग्नुपर्‍यो ।’ उनका अनुसार सरकारले अन्तरराष्ट्रिय बजारमा सम्भावना भएको वस्तु उत्पादन गर्न प्रत्साहन गरेर निर्यात प्रवर्द्धन गर्नुपर्छ । त्यसो गर्न सके साझेदार मुलुकसँगको व्यापारघाटा क्रमश: कम गर्दै लैजान सकिन्छ । तथ्यांक स्रोत : भन्सार विभाग

सम्बन्धित सामग्री

सात महिनामा ८ खर्ब व्यापारघाटा, १७ अर्बभन्दा बढीको मोबाइल आयात

सात महिना अवधिमा मुलुकले कुल नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

सधैंको व्यापारघाटाः असहज परिवेश

भारतले फेरि तर्साउन थाल्यो, प्याजमा ४० प्रतिशत भन्सार थपिदिए । समग्रमा वैदेशिक व्यापार घटेकाले हाम्रो व्यापारघाटा पनि हल्का घटेको देखिन्छ तर सोचेजस्तो व्यापार घाटा कम भएको भने होइन । हाम्रो निकासी नै कम छ, तेस्रो देशबाट कच्चा पदार्थ आयात गरी हामीले भारतमा निकासी गर्दै आएको प्रशोधित पाम आयलको निर्यात पनि अहिले घटेको छ । यसको […] The post सधैंको व्यापारघाटाः असहज परिवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चालु आर्थिक वर्षको पहिलो महिनामै सवा खर्बको व्यापारघाटा

मुलुकले चालू आर्थिक वर्षको पहिलो महिनामै सवा खर्ब बराबरको व्यापारघाटा व्यहोरेको छ भने वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर रु एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । …

वैदेशिक व्यापार खस्किएपछि घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट आयात (Import) खस्किएपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्व (Revenue) मा देखिएको छ । वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ९ महीनामा वीरगञ्ज भन्सार (Birgunj Custom) को राजस्व असुली लक्ष्यभन्दा ४० प्रतिशत कम छ ।  भन्सारले चालू आवको चैत मसान्तसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो । यो ९ महीने अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ मात्रै राजस्व हात लागेको तथ्यांक भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । यो रकम लक्ष्यको ६० प्रतिशत हो ।  जबकि, यो भन्सारले गत आवको समीक्षा अवधिमा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व उठाएको थियो । त्यसबेला १ खर्ब ५१ अर्ब रुपैयाँको लक्ष्य लिएकोमा १ खर्ब ५५ अर्ब रुपैया संकलन भएको देखिन्छ ।  यस्तो छ वैदेशिक व्यापार  वीरगञ्ज भन्सारबाट चालू आवको ९ महीनामा कुल वैदेशिक व्यापार गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ६४ प्रतिशतले घटेको छ ।  यो वर्षको चैत मसान्तसम्ममा ५ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको समीक्षा अवधिमा यो आकार ७ खर्ब ११ अर्ब रुपैयाँ थियो ।  चालू वर्षको चैत मसान्तसम्म आायतमा २१ प्रतिशतले कमी आउँदा निर्यात १३६ प्रतिशत घटेको देखिन्छ । आयात र निर्यात घटेपछि व्यापारघाटा १४ दशमलव ३ प्रतिशतले खुम्चिएको भन्सारको तथ्यांक छ ।

संक्षेपमा ७ महीनाको वैदेशिक व्यापार

काठमाडौं । आयातनिर्यातको तथ्यांक राख्ने निकाय भन्सार विभागले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महीनाको अन्तरराष्ट्रिय व्यापारको तथ्यांक बुधवार सार्वजनिक गरेको छ । विभागका अनुसार यस अवधिमा ४ हजार ८ सय ९९ प्रकारका वस्तु मुलुकभित्र आयात भएका छन् । त्यसका लागि ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी मूल्यको ७३६ प्रकारका वस्तु नेपालबाट निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । पोहोरको तुलनामा यसपालि आयात, निर्यात, व्यापारघाटा सबै घटेका छन् । देशगत रूपमा सबैभन्दा बढी व्यापारघाटा छिमेकी मुलुक भारतसँग छ । दोस्रो बढी घाटा चीनसँग छ । नाफातर्फ सबैभन्दा बढी डेनमार्कसँगको व्यापारमा छ । दोस्रो नम्बरमा संयुक्त राज्य अमेरिकासँगको व्यापारमा नाफा भएको देखिन्छ ।

केन्द्रीय बैंकको कडाइले पनि घटेन व्यापारघाटा

सरकारले आयात कडाइलाई अल्पकालीन उपचार मानेर दीर्घकालीन उपचारको बन्दोबस्तमा ध्यान दिनु आवश्यक छ । नेपालले वैदेशिक व्यापार हुने १ सय ५२ मुलुकमध्ये १ सय २९ वटा मुलुकसँग व्यापारघाटा बेहोरेको छ । चालू आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापारको स्थिति हेर्दा कुनै पनि मुलुकसँग नेपालको व्यापार नाफामा छैन भन्दा हुन्छ । जोसँग व्यापार नाफा देखिएको […]

वीरगञ्ज भन्सारबाट ६ महीनामा रू. ४ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज । मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अर्धवार्षिक अवधिमा ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महीने अवधिमा यो नाकाबाट वैदेशिक व्यापार ४ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबरारबर भएको भन्सारले बताएको छ । यो अघिल्लो आव २०७७/७८ को पहिलो ६ महीनाभन्दा ७६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा २ खर्ब २९ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्ष कोरोना महामारीले असोजपछि बजार खुलेको र बजार स्वाभाविक लयमा फर्किन समय लागेकाले व्यापार खुम्चिएको थियो । चालू वर्ष बजार स्वाभाविक रूपमा वृद्धि भएकाले व्यापार ह्वात्तै बढेको भन्सार अधिकारीहरू बताउँछन् । चालू आवको ६ महीनामा ३ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ । आयात व्यापार ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ । अघिल्लो वर्ष समीक्षा अवधिमा २ खर्ब १० अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको छ । यो नाकाबाट मुख्य रूपमा सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पादर्थको आयात हुन्छ । वीरगञ्ज भन्सार हुँदै ६ महीनामा ५५ अर्ब रुपैयाँबराबरको वस्तु निकासी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । यो नाकाबाट निकासी व्यापारमा यो वर्ष उल्लेख्य सुधार आएको छ । ‘गत आवको साउनदेखि पुससम्म १९ अर्ब रुपैयाँको निर्यात भएको थियो । वीरगञ्जबाट प्रशोधित तेल, कपडा, जुस, गलैंचालगायत वस्तु निकासी हुन्छन्,’ पौडेलले भने । वीरगञ्ज भन्सार कार्यालयमार्फत भएको वैदेशिक व्यापारबाट करीब ३ खर्ब व्यापारघाटा देखिएको छ । चालू वर्षको पहिलो अर्ध वार्षिक अवधिमा यो नाकाबाट मात्रै २ खर्ब ९३ अर्ब रुपैयाँबराबरको व्यापारघाटा भएको छ । यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । त्यसबेला यो आकार १ खर्ब ९० अर्ब रुपैयाँमात्रै थियो ।

बढ्दै व्यापारघाटा, खुम्चिँदै नाफा व्यापार गर्ने मुलुक

नेपालको वैदेशिक व्यापार फैलिँदै गएको छ । गत आर्थिक वर्षमा नेपालले विश्वका १ सय ६१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ सय ५५ वटा मुलुकसँग मात्रै व्यापार गरेको नेपालले गत आर्थिक वर्षमा थप ६ मुलुकसँग व्यापार सुरु गर्नु सकारात्मक संकेत हो । तर, नेपालको वैदेशिक व्यापारमा सदावहार समस्या छ । सुरुमा […]