आयातनिर्यातका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा भारतसित मात्रै करीब सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिक महिनासम्ममा भारतसितको आयातनिर्यात व्यापारको आँकडा १ खर्ब २० अर्ब रुपैयाँबराबरको नोक्सानीमा देखिएको हो ।
बितेको ४ महीनामा भारतबाट वीरगञ्ज भन्सार हुँदै १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको बस्तु आयात भएको छ । यही अवधिमा भारततर्फ भने ३८ अर्ब रुपैयाँबराबरको मालसामान निकासी भएको वीरगञ्ज भन्सारको सूचना त...