पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।
काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन्। उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिए। मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका […]
काठमाडौँ । अस्पताल विकास समितिको निर्णय विपरीत कान्ति बाल अस्पतालका निर्देशक, लेखाका कर्मचारीसँगै १५ जनाले स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना प्राप्त रकमको १० प्रतिशत प्रोत्साहन भत्ता लिएको सो अस्पतालका कर्मचारीहरूले जनाएका छन् । बोर्डबाट शोधभर्नास्वरुप प्राप्त रकम अस्पतालका हालका कार्यकारी निर्देशक, लेखापाल, ड्युटी अफिसर, आइटी लगायतका १५ जनाले अनधिकृत रूपमा लिएको उनीहरूको दाबी छ । सो […]
मोरङ – प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य सेवाको पहुँचलाई घर–घरमा पुर्याउने कार्यलाई चुनौती र अवसरको रूपमा लिएको बताएका छन्। विराटनगरमा शनिबार आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभा उद्घाटन गर्दै मन्त्री यादवले प्रक्रिया पुर् याएर समिति अघि बढ्न सके सरकारले सामुदायिक स्वास्थ्य अस्पतालका लागि संरचना तयार गर्ने प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा प्रजातन्त्र […]
बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाउने निर्णय गरेको थियो । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अघिल्ला
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्त्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको सरुवा गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तालेलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । यस्तै टेकु अस्पतालको निर्देशकमा डा मनीषा रावललाई ल्याइएको छ । नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा तारा पोखरेललाई दिइएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीता मिश्रलाई महाशाखा स
काठमाडौँ । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औंँ तहका […]