यो देश साँच्चै निराशाको गर्तमा चुर्लुम्म डुबेकै हो ? यो प्रश्न जति सामान्य लाग्छ, त्यति छैन । यसले असामान्य अवतार धारण गरिसक्यो । त्यसो त आशा/निराशा दुवै अनुभूति स्वाभाविक छन् र शाश्वत पनि । खास परिस्थितिमा आशा वा निराशा पैदा हुनु अस्वाभाविक हुँदै होइन । यद्यपि ध्यान दिनुपर्ने कुरा यो छ कि निराशाको भाव एउटा कुरा हो भने भाष्य बिलकुल अर्कै । भाव शाश्वत हुन्छ तर भाष्य राजनीतिक जिनिस हो ।