बैतडीका स्थानीय तहमा जहिल्यै कर्मचारी अभाव हुँदा काम प्रभावित भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकामा दरबन्दीअनुसारका कर्मचारी छैनन् । केही पालिकामा त कर्मचारी अभावले दैनिक कामकाज नै प्रभावित हुने गरेको छ ।