गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन् […]