नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।
सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए ।
'हामी खुला हुनुपर्छ । हामी खुला छौं । हामी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छौं,' विप्लवले भने, 'तर हामी यहीँ पनि भन्छौं, कसैले हामीलाई हस्ताक्षेप गर्यो भने, कुनै विद...