काठमाडौं : नेपाल चिनाउने कला, तस्विर, गीत–संगीत, इतिहासलगायत श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन्। मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री ‘अडियो फरम्याट’ माध्यममा ‘मेमोरी चिप’मा राखेर अन्तरिक्षमा पुर्याइने छ । शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्