आर्टुडियोसँगको सहकार्यमा भित्ते कला परियोजना आयोजना

काठमाडौँ- भित्ते कला परियोजना २०७९ यहि मंसिर १२ गतेबाट सुरु भएको छ। नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसबाट आएका प्रख्यात अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर (“म्यान वन”) ले संयुक्त रुपमा काम गर्ने छन्। कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मान गर्न आयोजना गरिएको बाह्र दिने कार्यक्रममा […]

सम्बन्धित सामग्री

जापान र युएन ह्याबिट्याटको सहकार्यमा विपन्नका लागि हरित परियोजना

नेपालका ग्रामीण क्षेत्रका जनताका लागि वातावरणीय विपत्तिबाट जोखिममा रहेका जनताका लागि हरित निर्माणमा आधारित रोकथाम र नियन्त्रण उपायहरु कार्यक्रम संचालनन गरिरहेको छ । मार्च २०२२ देखि जोखिमपूर्ण समुदायका लागि हरित निर्माणमा आधारित रोकथाम र नियन्त्रणका उपायहरूका लागि आपतकालीन सहयोग परियोजना कार्यान्वयन गर्दै आएका छन् । यस परियोजना अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकाका २२० घरधुरीले सोलार पद्धतिबाट …

दाङमा ‘अमेरिकन एम्बेसी युथ काउन्सिल’को स्किलअप परियोजना सुरु

काठमाडौँ – अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालको आयोजनामा शनिबारबाट दाङमा स्किलअप परियोजना सुरु गरिएको छ। अमेरिकन दूतावासको सहकार्यमा स्कीलअप प्रोजेक्टले तुलसीपुरको मेट्रो कलेजका विद्यार्थीहरुलाई अतिरिक्त सीप प्रदान गर्नेछ। स्कीलअपका कार्यक्रम संयोजक कुलदीप चौधरीको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कार्यपालिका सदस्य रिखा शर्मा, युवा परिषद् दाङका अध्यक्ष सुरेश रावतलगायतकाले […]

पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि गेमचेन्जर साबित हुनेछ : मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताएका छन् । उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्त्वमा जोड दिएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबिच ऊर्जा साझेदारीमा महत्त्वपूर्ण हुने मोदीको भनाइ छ । ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको […]

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण

यो परियोजना पूर्ण रूपमा वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ।...

अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय अपांग महासंघ, फाउन्ड परियोजना र आइएलएम नेपालसँगको सहकार्यमा अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया गरेको छ।...

दिगो पर्यटन परियोजना : एकदिनमै ३ सय भन्दा बढी मजदुर आवद्ध

काठमाडौँ– पर्यटन क्षेत्रमा आवद्ध रहेका र रोजगारी गुमाएका मजदुरको जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना आइतवार सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको उक्त परियोजना अन्तर्गत आइतबारबाट काठमाडौँका विभिन्न स्थानकमा एकैसाथ काम सुरु भएको हो । परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा […]

अल्पकालीन रोजगार कार्यक्रम शुरु, एकैदिन ७५० बढीले पाए रोजगारी

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) परियोजना शुरु भएको छ ।  उक्त परियोजना अन्र्तगत पहिलो दिन आइतबार काठमाण्डौंका विभिन्न स्थानमा एकैसाथ काम शुरु भएको छ । परियोजनाले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा एक सय जना, चन्द्रागिरिको मातातीर्थमा एकसय जना र शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई एकसा

नेपालमा परियोजना सञ्चालन गर्दाका अवसर बारे भारतीय दूतावासको अन्तर्क्रिया

काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय पूर्वाधार कम्पनीहरूसँग अन्तरक्रिया गरिएको छ। भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्यमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूसँग भर्चुअल अन्तरक्रिया गरेको हो। भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई सम्बोधन गरेका थिए। त्यसलगत्तै उपस्थित सहभागीहरूलाई […]

नेपाल पर्यटन बोर्डद्वारा युएनडीपीसँगको सहकार्यमा दिगो पर्यटन परियोजना शुरु

भदौ ३, काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको छ । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्नेछ । दुई वर्ष ६ महीना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करीब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याइने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।  परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) बीच बुधवार सम्झौता भएको छ । सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढि पर्यटन मजदूरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड १९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदूरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदूरको लागि छोटो अवधिको भएपनि रोजगारीको अवसर सिर्जना गर्ने बताए । ‘कोभिड १९ बाट पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको अवस्था छ । यस क्षेत्रका मजदूरहरूले रोजगारी गुमाएका छन् । यसबाट मजदूरले केही दिनको भएपनि काम पाउँछन, अर्कोतर्फ पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मत संहार तथा सरसफाई हुनेछ । जसले गर्दा हाम्रा सम्पदाहरुलाई जीवन्त राख्न पनि सहयोग पुग्ने छ ।’  उनले भने ।  कार्यकारी प्रमुख डा. रेग्मीले परियोजनाले क्रमशः अन्य क्षेत्रहरूसँग पनि सम्झौता गर्दै कार्यक्रम अघि बढाइने जानकारी दिए । उनले मजदूरहरुले काम गरेपछि सिधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढंगले कार्यक्रमको कार्यान्वयन हुने समेत बताए । यस्तै नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाँईले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस परियोजनाले पर्यटन मजदूरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै नाटाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिने बताए ।  परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए । सम्झौता अनुरुप नाटाले कोभिड १९ को महामारीले रोजगारी गुमाएका करीब २०० जना मजदूरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिनेछ । सम्झौता अनरूप नाराले आफ्नो मातहतका २०० जना मजदूरलाई त्रिशुली, भोटेकोशी, कर्णाली, सेती र कालिगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मत सम्हार तथा सरसफाई लगायतका काम गरिने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए । उनले पर्यटकीय गतिविधि शून्यप्रायः रहको अवस्थामा यो कार्यक्रमले केहीसम्म भएपनी पर्यटन मजूदरलाई राहत प्रदान गर्ने बताए । उनले अहिले वर्षायाम भएको र नदीमा जलप्रवाह बढिरहेकोले असोज १ गतेबाट मजदूरलाई काममा लगाइने जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा एक दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइमार्फत सन्चालन हुने भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम […]