काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा नेपाल लगानी भित्र्याउने विश्वासिलो ढोका बन्नुपर्ने बताएका छन्। बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘नेपालमा लगानीको वातावरण बनाउनुपर्छ। लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा विश्वासिलो ढोका बन्नुपर्छ।’ लगानी प्रवाहलाई प्रवद्र्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानु