नेपाली कांग्रेसले विवादित क्रियाशील सदस्यता टुंगो लगाउन नयाँ मापदण्ड बनाउने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले मापदण्ड बनाएर क्रियाशील सदस्यताको विवाद टुंग्याउने निर्णय गरेको हो ।
आगामी पाँच दिनभित्रमा मापदण्ड र कार्यतालिकासमेत सार्वजनिक हुने कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
‘क्रियाशील सदस्यता विवाद टुंगो लगाउन मापदण्ड बनाउने निर्णय भएको छ । त्यहीअनुसार काम पनि भइरहेको छ । पाँच दिनमा मापदण्ड र महाधिवेशनको नयाँ कार्यताल...