झापाको कचनकवल गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा २४५ जनाको उपचार गरिएको छ ।गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा आएको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा ६ जना विषालु सर्पले टोकेका सहित २४५ जनाको उपचार गरिएको हो ।नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकामा शुरु गरिएको सर्पदंश उपचार केन्द्रमा भद्रपुर नगरपालिका ,बाह्रदशी गाउँपालिका र छिमेकी मुलुक भारतबाट समेत सर्पले टोकेका बिरामी उपचार गर्न आउने गरेको पाइन्छ ।