प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको टिप्पणी गरेका छन् । उनले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पारे । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे ।उनले भने,‘उहाँलाई त नै