प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा हस्ताक्षर गर्न महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्दै ठाकुर लगायत नेताले लोसपा गठन गरेका हुन् ।
संघीय संसद् वा केन्द्रीय कार्यकारिणी समितिमा २० प्रतिशत पुगेमा लोसपाले नयाँ दलको मान्यता पाउने छ ।
यस्तो अवस्थामा सो पार्टीमा लाग्ने निर्वाचित जनप्रतिनिधिहरूको पद समेत सुरक्षित रहने छ।