मेलम्ची मुहानमै पुगे खानेपानी मन्त्री, चैतभित्रै पानी ल्याउने दाबी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइपुर्‍याउने बताएका छन्।बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्।उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्र गतिमा कार्ययोजनाअनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए।मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घा

सम्बन्धित सामग्री

बाढीले बगाउने डरले मेलम्चीको पानी बन्द गर्नुपर्‍योः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन्।...

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले  खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए । मङ्गलबार सु

मेलम्चीमा खानेपानी मन्त्री चौधरीले गरे क्षमापूजा

मेलम्ची : खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गरेका छन्। खानेपानी मन्त्री चौधरीले यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्‍याएको थियो। मेलम्चीमा कालो बोको बलि दिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै क्षमापूजा…

धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब

‘धौलिगाड खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ हो’

जुम्ला– खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड बृहत् खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन्। जुम्लामा शनिबार धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यस गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौँ उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन्। उनले भने, ‘काठमाडौँको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ। धौलिगाड बृहत् खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ।’ बृहत् […]

काठमाण्डाैवासीलाई समयमै मेलम्ची खानेपानी उपलब्ध गराइन्छ : मन्त्री चाैधरी

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाण्डाै उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाण्डाैवासीलाई उपलब्ध गराउने गरी मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबीसमेत गर्नुभयो ।  नेपाल खानेपानी संस्थानको ३३ औँ वार्षिकोत्सवको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठ...

मेलम्ची पुननिर्माणस्थल अम्वाथानमा खानेपानी मन्त्रीको छड्के

खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गर्नु भएको छ । गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरिक्षण गर्न सोमबार बिहान ७ बजे नै पुननिर्माणस्थल पुगेका थिए । काठमाडौंबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आए...

मेलम्चीको पानी छिटोभन्दा छिटो ल्याउने तयारीमा छौँ : खानेपानी मन्त्री

काठमाडौँ– खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी काठमाडौँबासीलाई खुवाउने दावी गरेका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा मेलम्चीको मुहान तत्कालका लागि अस्थायी रुपमा मर्मत गरेर भए पनि आफ्नो कार्यकालमा काठमाडौँबासीलाई मेलम्चीको खानेपानी खुवाउने दावी गरे । बाढीपहिरोको कारणले बन्द मेलम्ची आयोजना बन्द हुनु दुःखद् भएको भन्दै उनले स्थायी […]

मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, कार्तिक २४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको छ । बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग मेलम्ची खानेपानी छिटै सञ्चालनमा […]

मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री चौधरीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको  मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध र सुरुङमा भएको क्षतिको निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र चाईनिज ठेकेदार कम्पनिका प्रतिनिधिसँग मन्त्री चौधरीले मेलम्ची आयोजनामा भएको क्षतिको विवरण लिएका थिए ।