काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाण्डाै उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाण्डाैवासीलाई उपलब्ध गराउने गरी मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबीसमेत गर्नुभयो ।
नेपाल खानेपानी संस्थानको ३३ औँ वार्षिकोत्सवको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठ...