खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गर्नु भएको छ ।
गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरिक्षण गर्न सोमबार बिहान ७ बजे नै पुननिर्माणस्थल पुगेका थिए । काठमाडौंबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आए...