निर्वाचन आयोगले दलहरुलाई भन्यो -चाडपर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नुस् :: Pahilopost.com

काठमाडौँः निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा सार्वजनिकरूपमा चियापान तथा भोजभतेरका कार्यक्रम आयोजना नगर्न राजनीतिक दल र दलसँग सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ। हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा

सम्बन्धित सामग्री

एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क (एनसीसी बैंक) लाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । बैंकले मङ्सिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको थियो । आयोगले राजनीतिक कारण देखाउदै बैंकको साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो  । बैंकका संचालक रहेका मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्  ।  उनी कांग्रेसका तर्फबाट पूर्वमन्त्री तथा हाल केन्द्रीय सदस्य समेत हुन् ।उम्मेदवार नै सञ्चालक रहेको बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेर समेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएको भन्दै सभा रोक्न उजुरी परेको आयोगले जनाएको छ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था रहेको र निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेकोले सभा स्थगित गर्न निर्देशन दिईएको बैंकले जनाएको छ ।

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौं । ‘काठमाडौंलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो,’ पर्यवेक्षणका लागि जिम्मेवारी पाएको एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिले मतदानस्थलमा देखेको दृश्य हो, यो । ‘विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपांगता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नुपर्‍यो । बाँकेको राँझास्थित आदर्श माविमा अपांगता भएका मतदातालाई ह्िवलचेयर लैजानबाट वञ्चित गरेको पाइयो,’ इन्सेकले शुक्रवार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ का क्रममा पर्यवेक्षणपछि सोही साँझ निर्वाचन आयोगलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम संख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पाइयो । कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावली नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचयपत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो ।’ आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त इन्सेकका २३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका थिए । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारीअनुसार शुक्रवारको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको र आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई सार्थक बनाएको उक्त संस्थाको बुझाइ छ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउन यो निर्वाचनले खेल्ने भूमिका महत्त्वपूर्ण हुने इन्सेकले जानकारी दिएको छ । प्रतिवेदनमा मतदान प्रक्रियाबारे मतदाता अलमलमा परेको र मतदान केन्द्रमा महिला र पुरुष मतदाताका लाइन अलगअलग गरिएको थियो भने ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका र बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । निर्वाचनका क्रममा महोत्तरीको बलवा नगरपालिकाको एक मतदानस्थलमा गोली चल्यो । मतदानका क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो । काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर ब्याकअपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ । पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसूस नभएको, मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । ‘निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लंघन, एकअर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भए । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ,’ प्रतिवेदनको निचोडमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व अझ बढ्ने देखिन्छ । यसै वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हो ।’ आचारसंहिता उल्लंघनउपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसकेको र त्यस कारण पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी नआएको जनाइएको छ । ‘भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो । यसले निर्वाचन महंगो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमीकमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व बढ्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ संस्थाका करीब ५ हजार प्रतिनिधिले अनुमति पाएका छन् । रासस

मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, बैशाख २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी […]

मन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाण्डाै - निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ ।  यस्तै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्रका प्रदेश सदस्य गङ्गा दाहाल, वीरगञ्जमा नगरप्रमुखका उम्मेदवार विजय सरावगील...

मन्त्री आलेलाई आयोगले भन्यो– तपाईंविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी परेको छ

काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत माघेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको छ ।  वैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर मन्त्री आलेले तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउन भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको...

मौन अवधिमा भोजभतेर, पैसा बाँडेको पाइएमा तत्काल कारबाही : निर्वाचन आयोग

वैशाख २७, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर गर्ने र पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ।  मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने बताएका हुन् । मंगलवार मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको हो।  मौनअवधिमा त्यस्तो भएको पाइएमा कारबाही गर्न सक्ने अधिकार दिएर १९ ओटा उच्चस्तरीय टोली गठन समेत गरिएको उनले बताए। उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ।   निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगको उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्ने गरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार पाएको छ । आयोगले मौन अवधिमा भोजभतेर गर्ने र पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै सजग रहन सरोकारवालालाई सचेत समेत गराएको छ । उक्त टोलिले मौन अवधिमा आमसभा कार्यशाला गोष्ठी, सम्मलेन, भोजभतेर गर्ने र पैसा बाँड्ने काम भए/ नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार अभिव्यक्ति दिने काम भए/ नभएको अनुगमन पनि गर्ने छ ।

मौन अवधिमा भोजभतेर र पैसा वितरणको अनुगमन गर्न निर्देशन

काठमाडौं : निर्वाचन  आयोगले मौन अवधिमा भोजभतेर र पैसा बाँड्ने कामको अनुगमन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ। मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन्।‘मौन अवधिमा कुनै पनि राजनीतिक दलले मतदाताहरूलाई प्रभाव पार्न पाइने छैन, पैसा बाँड्न पाइने छैन, यस्ता काम गर्ने दलका कार्यकर्तामाथि निगरानी राखिदिनु होला भनि सम्बन्धित अधिकृतलाई निर्देशन दिएका छौँ,’ उनले भने।यस्तो निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइ

एमाले महाधिवेशन: रक्सी खाएर प्रचार गरे उम्मेदवारी रद्द हुने

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसिंहता जारी गरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

भोजभतेर नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन चाडबाडको नाममा सार्वजनिक रुपमा भोजभतेर र चियापान नगर्न नगराउन आग्रह गरेको छ ।

​भोजभतेर र चियापान नगर्न दललाई आयोगको निर्देशन

काठमाडौं, असोज ४ – निर्वाचन आयोगले राजनीतिक दलहरुलाई चाडवाडको अवसरमा चियापान समाहरोह तथा भोजभतेर आयोजना नगर्न निर्देशन दिएको छ । सार्वजनि...