जनकपुर । मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी)का श्रीवास्तवले सात मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत प्राप्त गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सार्वजनिक लेखा समितिका सभापतिका लागि […]