जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा हेरफेर गरेका दुई मन्त्रीको जिम्मेवारीमध्ये अर्थमन्त्रीबाट भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका विजय यादवले अझै पदभार ग्रहण गरेका छैनन्।मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए।अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरिसकेका छन्। तर, अर्थमन्त्रीबाट