काठमाडौं : डिफेन्डिङ च्याम्पियनद्वय अरहान्तकेशर संह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्यामिपयन बनेका हुन्।
पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१०, ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे।