काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जन र प्रयाग जोशी चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बिहीबार भएको सेमिफाइनलमा राजले कमल शाक्यलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । राजले पहिलो सेट ४–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–५, ११–९ र ११–९ […]