त्रिभुवन विमानस्थलमा ठूला जहाज अवतरणमा समस्या

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । अवतरण गर्न नसकेपछि दुईवटा जहाजले ओभरसुट गरेका छन् । विमानस्थलमा हावाको गति बढी भएकोले अवतरण गर्न कठिनाइ भएको विमानस्थलले जनाएको छ । कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट आएका दुई वटा विमान अवतरण गर्न नसकेपछि आकाशमै घुमिरहेका छन् । हावाको गति कम भएपछि अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ठूला जहाज अवतरणमा समस्या देखिएको र अरु जहाजको उडान र अवतरण नियमित भइरहेको छ ।

सम्बन्धित सामग्री

विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि...

धनगढी : धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो। शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।धावन मार्गमा स्याल देखिएपछि जोखिम

उडेको पाँच मिनेटमै इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, साउन १९ । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच […]

कार्गो जहाज दुर्घटनाग्रस्त

काठमाडौँ । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]

भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाण्डौ फर्कियो

काठमाण्डौ - काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ । बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।

समिट एयरको जहाज आपतकालिन अवतरण, इन्जिनमा समस्या

काठमाडौं, ४ वैशाख । सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपतकालिन अवतरण गरिएको बताइएको छ । सो जहाज आइतबार बिहान ११ः५० बजे एउटा इन्जिनको सहायताले अवतरण गराइएको हो । नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले इन्जिनमा समस्या आएपछि एउटा मात्र […]

पखेटाबाट तेल चुहिन थालेपछि सिमकोट विमानस्थलमा थन्कियो तारा एयरको विमान

सिमकोट– शनिबार दिउँसो सिमकोट विमानस्थलमा अवतरण गरेको तारा एयरको ट्वीनटर जहाज त्यसयता सिमकोटमै थन्किएको छ। जहाजमा प्राविधिक समस्या आउँदा मर्मत हुन नसकेपछि जहाज सिमकोट विमानस्थलमै थन्किएको हो। सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले तारा एयरको जहाज शनिबार सिमकोट विमानस्थलमा अवतरण गरिसकेपछि पखेटामा इन्धन चुहिने समस्या आउँदा विमानस्थलमै रोकिएको जानकारी दिए। उक्त जहाजले नेपालगंजबाट कार्गो उडान भरेको […]

बुद्ध एयरको इन्जिनमा समस्या, भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । भरतपुरबाट काठमाडौं उडानका क्रममा जहाजको बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि तत्कालै जहाजमा भरतपुर विमानस्थलमा सकुशल अवतरण गराइएको कम्पनीले जनाएको छ । बीचक्राफ्ट जहाज ९एन–एईई र उडान नम्बर ३६० मा १७ जना वयस्क, १ जना बच्चा र एक जना नाबालक गरी १९ जना यात्रु रहेका थिए ।  यस्तै विमानदलका पाइलट, को–पाइलट तथा विमान परिचारिका गरी ३ जना सदस्यहरू रहेको विमान कम्पनीले जनाएको छ ।  यात्रुहरूलाई अर्को विमान...

बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं, १ पुस । बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। उडान नम्बर ३६० को जहाजमा १९ जना यात्रु सवार थिए। जहाजमा रहेका चलक दलका सदस्य र […]

विराटनगरमा अवतरण हुन नसकेपछि फर्कियो बुद्ध एयरको जहाज, अहिले काठमाडौंको आकाशमै

आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।

बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पु¥याइएको छ ।     यस्तै क