अन्ततः अफगानिस्तान उद्धार मिसन पुरा : ३० नेपाली आज काठमाडौं आइपुगे

काठमाडौं । अन्ततः अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सकिएको छ । राजधानी काबुलमा तीन महीनादेखि उद्दारको पर्खाइमा रहेका नेपालीहरु आज बिहान काठमाडौं आइपुगेका छन् । उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबईमा पुगेका थिए । नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । […]

सम्बन्धित सामग्री

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको १३ जनाको समूहले काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्च सुरक्षायुक्त कम्पाउन्डमा गार्डका रूपमा काम गरेका थिए र सन् २०२१ को […]

अफगानिस्तानबाट आज रातिसम्म सबै नेपाली आइपुग्दै

काठमाडौं :  अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्। अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव भएसम्म काठमाडौं आइपुग्ने र नभए अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्। अफगानिस्तनाबाट हालसम्म ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। अव झन्डै दुई सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्। स्वदेश फर्किएका नेपाल

अफगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार

हालसम्म अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका हुन् ।

‘जुन माध्यमबाट गएको भए पनि सबै नेपालीको अबको एक/दुई दिनमै उद्धार भइसक्छ’

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरिरहेको छ । लगभग एक हजार नेपालीको अफगानिस्तानबाट उद्धार भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुकाे नेपाल फर्कने क्रम जारी छ । काबुलबाट दोहा, लन्डन, दिल्ली लगायतका ठाउँमा पुगेका छन् नेपालीहरू । उनीहरूलाई सम्बन्धित रोजगारदाताले नै स्वदेश पठाइरहेका छन् । अफगानिस्तानमा बाँकी रहेकाको स्वदेश फिर्तीका लागि दिल्लीमा रहेकाे नेपाली दूतावासले समन्वय र सहजीकरण गरिरहेको छ । तर कुनै कम्पनीमा आबद्ध नभएका, भर्खरै अफगानिस्तान पुगेका, भिसा नभएका, एजेण्टले अलप...

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]

अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै

काठमाडौँ- अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् । नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र […]

अफगानिस्तानबाट रोजगारदाताले नै उद्धार गरिरहेका छन् नेपाली कामदार

रोजगारीका लागि अफगानिस्तान पुगेको नेपालीलाई त्यहाँका रोजगारदाता कम्पनीले उद्धार गरिरहेको नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । अफगानिस्तानमा त्यहाँको विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेपछि त्रासदीपूर्ण अवस्था सिर्जना भएको छ । अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई सम्बन्धित देशहरूले धमाधम फिर्ता लगिरहेका छन् ।  नेपालबाट विशेष गरी विदेशी मिसनमा सुरक्षा गार्डको रूपमा काम गर्न नेपालीहरू अफगानिस्तान जाने गरेका थिए ।  नेपालबाट अहिलेसम्म श्रम स्वीकृति लिएर करीब चार हजार नेपाली अफगानि...

जोखिममा नेपाली: सरकारसँग न तथ्यांक न उद्धार तयारी

काठमाडौं, साउन ३२ ।आन्तरिक द्वन्द्वका कारण अफगानिस्तानमा हत्या, हिंसा बढ्दै जाँदा त्यहाँ रहेका नेपालीलगायत विदेशी नागरिक जोखिममा परेका छन्। आफ्ना नागरिक जोखिममा परेपछि धेरै मुलुकले घर फिर्ता गर्न थाले पनि नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीलाई फर्काउनेबारे कुनै निर्णय गरेको छैन। विद्रोही समूह तालिवानले अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य क्षेत्र कब्जामा लिएको घोषणा गरिसकेको छ। […]