अफगानिस्तानबाट उद्धार गरिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले देश निकाला गर्ने निर्णय रोकियो

काठमाण्डौ – अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीलाई बेलायतबाट स्वदेश फिर्ता पठाउने योजना तत्काललाई रोकिएको छ । तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पुर्‍याइएका सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरूलाई नियन्त्रणमा लिएर देश निकाला गर्ने प्रक्रिया अघि बढाएको बेलायतले तत्काल त्यसो नगर्ने बताएको बिबिसीले खबर लेखेको छ । अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि ...