प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै मुलुकभर चुनावी चर्चा सुरु भएको छ । विभिन्न निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार बन्नेबारे लेखाजोखा हुन थालेको छ । यसै क्रममा दाङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कुन दलबाट को उम्मेदवार बन्ने भन्नेबारे चर्चा परिचर्चा सुरु भएको छ ।दाङको क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिनिधित्व गर्छन् । दाङकै क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा