यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ।उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। यूएईमा बसेर रोजगारीसँगै पत्रकारिता गर्दै आएका पाण्डेको सबै सामग्री जफत हुने, सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिने र सजाय भुक्तानपछि यूएई सरकारले देश निकाला (डिपोट) गर्ने फैसला सुनाएको छ।यूएईको कानुनअनु