चारैतिर डाँडामा हिउँ परेपछि काठमाडौंमा बढ्यो चिसो

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्वरुप भएको हिउँदे वर्षाका कारण देशका उच्च भागमा हिमपात भएको छ ।  बिहीवारर रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरि, शिवपुरी क्षेत्रमा बाक्लो हिपमात भएको छ ।  यस्तै ललितपुरको फुल्चोकीमा पनि हिउँ परेको छ । काठमाडौंका चारैतिर डाँडामा हिउँ परेपछि उपत्यकामा चिसो बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा शुक्रवार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।  चिसो अझ बढ्न...