हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै चन्द्रागिरि, फुलचोकी, दामनलगायत उपत्यका आसपासका पहाडमा बुधबार हिमपात सुरु भएको छ ।उपत्यकामा पानी परेसँगै बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरु हिउँ खेल्न विभिन्न स्थानमा पुगिरहेका छन् । तर हिउँ खेल्