प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।​संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संस...

सम्बन्धित सामग्री

देशमा सुशासन कायम गर्न कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।  आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् ।  विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र […]

दलसम्बन्धी ऐनमा साविकै व्यवस्था जगाउने विधेयक पेश

काठमाडौँ – ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन्। राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, […]

प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।​संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संस...

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।  समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।  नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र […]

डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले

नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको  चलखेल भएको बताइन् । उनले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायम राखेको छ। पार्टीले कारबाही गरेका सांसदको सूचना सभामुखले टाँस नगरेको भन्दै लामो समयदेखि बैठक अवरोध गर्दै आएको एमालेले आइतबार अवरोधलाई कायमै राखेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नुभए लगत्तै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्। सभामुखको अवरोधबीच बैठकमा सांसदलाई धारणा राख्न समय दिनुभएको हो।

प्रतिनिधिसभा बैठकपछि नेताहरूको प्रतिक्रिया

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताए ।सोमबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र संवाद गरिरहेको बताए । उनले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख […]