दलसम्बन्धी ऐनमा साविकै व्यवस्था जगाउने विधेयक पेश

काठमाडौँ – ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन्। राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेश

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पेश भएको छ भने “भन्सार विधेयक, २०८० पेश भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख […]

लुम्बिनी प्रदेशसभा : दुई विधेयक पेश, एक विधेयक फिर्ता

दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको शनिबार बसेको बैठकमा दुईवटा विधेयक पेश भएका छन् भने यसअघि पेश भएको एउटा विधेयक फिर्ता भएको छ।बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम २ बमोजिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए।यस्तै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम १ बमोजिम स्वास्

कामपा नगरसभामा तीन विधेयक पेश

काठमाडौँ महानगरपालिकाको आज भएको १३ औँ नगरसभाको चौथो बैठकमा तीन विधेयक पेश भएका छन्।

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ। पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो । त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

प्रतिनिधिसभामा तीन विधेयक पेश

प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरेका हुन्। बैठकमा प्रतिनिधिसभाको…

संसदमा विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता विधेयक पेश

संघीय संसदमा आर्थिक वर्ष २०७९–८० को बजेटको विनियोजित विधेयक पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको सिद्धान्त तथा प्राथमिकताको छलफलको सम्बन्धमा संसदमा उक्त विधेयक पेश गरेका हुन् । आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएकोमा सो लक्ष्य भेट्न र विद्यमान आर्थिक प्रणालीलाई सुधार्दै जानुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले जिकिर गरेका छन् । १५ औ योजना, राष्ट्रिय गौरवका आयोजना, कृषि सुधार, गरिबी निवारणलाई न्यूनिकरण गर्ने बजेटको सिद्धान्त रहेको उनले बताए ।&nbs

बजेटसम्बन्धी तीन विधेयक पेश हुँदै

प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन विधेयक हुने भएका छन् ।  शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।  विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसदको नाराबाजीका बाबजुद् अर्थमन्त्री जनार्दन शर्माले तीन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए ।  ती अध्यादेश स्वीकृत भएका छन् । अध्यादेश सं...

एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने

काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुने गरी विधेयक पेश गर्न लागेका हुन्। केहीबेरमा बस्ने प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्रीले विधेयक पेश गर्न लागेका हुन्।   आज दुईपटक बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका…