देशमा सुशासन कायम गर्न कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।  आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् ।  विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र […]

सम्बन्धित सामग्री

सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : नेता पौडेल

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवद्धनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याइ पाठकलाई सही जानकारी दिनेमा सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ ।” सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ […]

देशमा सुशासन कायम हुन सकेन : अध्यक्ष ओली

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए। उनले भने, ‘देशमा सुशासन, रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा दिन सकिएको छैन।’यसका साथै उनले देशमा कमिशनतन्त्र हावी भएको र कमिशनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताए। उनले भने, ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेका वेला नेपालको अवस्था बेहाल छ।

‘मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्टि हटाउन एवं विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नुभयो । सत्ताको फोहरी प्रतिस्पर्धाबाट अलग रही राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र …

नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छः शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्। कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे। ‘नैतिक शिक्षा […]

सुशासन कायम गर्नु पहिलो प्राथमिकताः प्रजिअ पौडेल

सिमकोट – भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा आफ्नो पहिलो प्राथमिकता सुशासन कायम गर्नु रहेको बताएका छन्। जिल्लामा आइसकेपछि सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले नेपाल सरकारको प्रतिनिधिका हैसियतले आफ्नो पहिलो प्राथमिकता सुशासन कायम गर्नु रहेको र त्यसप्रति आफू दत्तचित्त भएर लाग्ने बताए। कहीँ–कतै सुशासन कायम गर्ने कुराको अवरोध आए आफूलाई सूचना […]

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण

काठमाडौँ,१० असोज । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको […]

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन्। रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भए मात्रै समाजमा सुशासन कायम हुने बताए। “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन […]

सुशासन कायम भएको कि अरु नै कारण हो ?

मुलुकमा सुशासन कायम भएर हो कि अरु के कारणले हो गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै सबैभन्दा कम भ्रष्टाचारका मा सफलता पाएको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ । उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो । उक्त आर्थिक …

मधेशमा सुशासन कायम गर्न प्रशिक्षण केन्द्रको स्थापनाः मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गरिएको बताएका छन् । सोमबार जनकपुरधाम स्थित मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले स्थापना गरिएको केन्द्रले सुशासन कायम गर्न कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।मुख्यमन्त्री राउतले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण मार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।एक

सुशासन कायम गर्न सरकारलाई ५० सुुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न विभिन्न विषयमा सरकारलाई ५० वटा सुुझाव दिएको छ । आयोगले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको विषयमा महत्वपूर्ण सुुझाव दिएको छ । महासन्धि कार्यान्वयनका लागि आगामी कार्यदिशा तय गर्न राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ लाई परिमार्जन गर्ने भनेको छ । साथै आयोगले भ्रष्टाचारको […] The post सुशासन कायम गर्न सरकारलाई ५० सुुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक.