नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले वि.सं. २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट उक्त …