अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गी अड्डामा बसेको बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको सेनाले जनाएको छ […]