जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
बाँकेमा लोपोन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आयआर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन अनुदानमा बाख्रा वितरण गरिएको छ । लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरिएको हो ।
लमजुङ। बेसीशहर नगरपालिकाले वडा नं. १० का कृषक समूहलाई बाख्रा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन अन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षको पकेट क्षेत्र विकास कार्यक्रमबाट एकता बाख्रापाला समूहलाई एक सय ५० वटा बाख्रा वितरण गरेको हो । किसानहरूको आर्थिक जीवनस्तरमाथि उठाउनका र व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाले सिनाल जातका बाख्रा वितरण […]
कञ्चनपुर । भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । केन्द्रका अनुसार ३ सय ४५ जनालाई परिवार नियोजन सेवा, २सय ६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७ सय ८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ । लक्षित समूहअन्तर्गत ८ हजार ६६४ जनालाई कोरोनाविरुद्धको खोप, १५ महिनादेखि १५ सम्मका १ हजार ४७८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप, लक्षित समूहका ७ सय ८२ बालबालिकालाई पोषणसम्बन्धी सेवा दिइएको केन्द्रले जनाएको छ ।
पाँच वर्षमुनिका ३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम सम्पन्न भएको । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका वडाका ६ परिवारको घरको फुसको छानो हटाई जस्तापाता राखिएको छ । यसैबीचm आर्थिक अवस्था कमजोर रहेका परिवारका युवा छनोट गरी वडा कार्यालयले स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्न तालीम दिएको छ । १५ युवालाई गुडिया, ६० लाई इलेक्ट्रिसियन र २० जनालाई ब्युटिपार्लरसम्बन्धी तालीम दिइएको छ ।
वडामा रहेका विपन्न ४ जनालाई माछापोखरी निर्माण, २ जनालाई मासु पसल सञ्चालन, १५ जनालाई स्थानीय जातका कुखुरापालन र १ जनालाई बङ्गुरपालनका लागि ५० हजारदेखि एक लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
यसैगरी, कार्यालयले ९१ जना किसानलाई बाख्रा वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष डम्बरसिंह कार्कीले तरकारी खेतीका लागि ३२ वटा प्लास्टिक टनेलसमेत निर्माण गरेको छ । कार्यालयले ९ किलोमीटर सडक कालोपत्र सम्पन्न गरेको जनाएको छ । रासस
जाजरकोट । जाजरकोटका तिनवटा पालिकामा बाख्रा वितरण गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा छेडागाड नगरपालिका ५, जुनीचाँदे ११ र बारेकोट गाउँपालिका ६ मा सहकारी संस्थाका सेयर सदस्यलाई बाख्रा वितरण गरिएको हो। विपन्न गरिब सीमान्तकृत बर्गको आयआर्जनमा सुधार ल्याउन छेडागाड ५ को समाज सुधार कृषि सहकारी संस्था, जुनीचाँदे ११ को जुनी महिला बहुउद्देश्यीय […]
सिमकोट – कार्यक्रमका लागि छनोट भएका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएको छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रमअन्तर्गत चार सय ४० घरधुरीका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका लक्षित वर्गका सदस्य टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर […]
सिमकोट – हुम्लाका ४ सय ४० परिवारलाई बाख्रा वितरण गरिएकाे छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर ल्याई वितरण गरिएको हो। सरकारी अनूदानमा अब बाख्रा पालन व्यवसाय बिस्तार […]
रुकुम पूर्व : रुकुम पश्चिमका पाँच स्थानीय तहले भैंसी, बाख्रा र बोका वितरण गरेका छन्। मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भैंसी र बाख्रा वितरण गरेको हो।पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५० पाडापाडीसहित २०० भैंसी, ६०० बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम रहेकोमा अधिकांश वितरण भइसकेका छन्। के
आर्थिक विपन्न तथा दलित परिवारलाई बोका बाख्रा वितरण गरिएको छ। मुड्केचुला गाउँपालिका ४ इलगाउँका आर्थिक विपन्न र दलित परिवारका ४० जनालार्ई ३ बाख्रा १ बोकाका दरले १ सय ६० ओटा बोकाबाख्रा वितरण गरिएको हो।