लोपोन्मुख जातिका एक सय परिवारलाई अनुदानमा बाख्रा वितरण

बाँकेमा लोपोन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आयआर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन अनुदानमा बाख्रा वितरण गरिएको छ । लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरिएको हो ।

सम्बन्धित सामग्री

विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण

जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।