वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न रही हिनामिना अभियोगमा अख्तियारले प्रतिवादी बनाएका तत्कालीन मन्त्री, निगम सञ्चालक समिति अध्यक्ष, खरिद सम्झौता हुँदाका हर्ताकर्ता र निगमका प्रमुखले सबै प्रक्रिया कानुनसम्मत भन्दै अभियोगबाट उम्किने प्रयास गरेका छन् ।