जगदम्बाले प्रतिदिन १ लाख बोरा बढी सिमेन्ट उत्पादन गर्ने

काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले प्रतिदिन १ लाख बोराभन्दा बढी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित सामग्री

कोइला अभावमा हेटौँडा सिमेन्ट उत्पादन बन्द

मकवानपुर- हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको ज...

बिजुली नपुगेपछि उदयपुर सिमेन्टको उत्पादन बन्द

विद्युत अभाव भएपछि उदयपुर सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगलाई पूर्णरुपमा चलाउन ६ मेगावाट विद्युत आवश्यक पर्ने भएपनि हाल २ मेगावाट मात्र बिजुली आपूर्ति भएकाले उत्पादन बन्द भएको उदयपुर सिमेन्ट उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए ।आर्थिक वर्षको अन्तिम महिनामा उद्योगको उत्पादन बन्द हुँदा चालु आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए । हालसम्म २१ लाख बोरा सिमेन्ट उत्पादन भइसकेको छ ।असार ९ गते लहानस्थित टावरमा चट्याङ परेपछि उद्योगमा विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट बिजुली तानेर लगिएको छ । तर सोलु करिडोरबाट २ मेगावाट मात्रै बिजुली पाएकाले उद्योग चलाउन नपुगेको हो । उदयपुर सिमेन्ट उद्योग पूर्ण सरकारी स्वामित्वको उद्योग हो ।

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द

२८ असार, काठमाडौं । विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको छ । उद्योग पूर्णरुपमा सन्चालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए । उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा […]

जगदम्बाको 'फ्याक्ट्री' बाट सर्वोत्तम सिमेन्टको उत्पादन !

सर्वोत्तम सिमेन्टको उत्पादन जगदम्बा सिमेन्टको उद्योगबाट उत्पादन हुने भएको छ । सर्वोत्तम सिमेन्टको आईपिओ सम्बन्धमा जानकारी दिन आयोजित रोड शो कार्यक्रममा सर्वोत्तम सिमेन्टले आफ्नो सिमेन्ट जगदम्बा सिमेन्टको उद्योगबाट पनि उत्पादन हुने बताएको हो । सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेका अनुसार जगदम्बा सिमेन्टको बिरगंजमा रहेको फ्याक्ट्रीबाट सर्वोत्तम सिमेन्ट उत्पादन हुने छ । उनले साउन देखि नै जगदम्बा सिमेन्टको उद्योगबाट सर्बोत्तम सिमेन्टको उत्पादन थालिने बताएका हुन् । अर्थात् जगदम्बा सिमेन्टको उद्योगले सर्वोत्तम सिमेन्ट उत्पादन गर्ने छ ।अध्यक्ष न्यौपानेका अनुसार यसको लागि उद्योग मन्त्रालय, उद्योग विभाग, लगायतका निकायबाट आवश्यक स्वीकृति लिईसकिएको छ । उनले हाल जगदम्बा सिमेन्टको बिरगंज स्थित उद्योगको प्रयोग नभएको क्षमता १४ सय टन रहेकोले सर्वोत्तमको सिमेन्ट जगदम्बाको फ्याक्ट्रीबाट उत्पादन गर्न लागेको बताए । उनले सिमेन्ट उत्पादनको लागि चाहिने क्लिन्कर सर्बोत्तमले दिने बताए । उनले सर्वोत्तमले अन्य सिमेन्ट कम्पनीहरुलाई क्लिन्कर बिक्रि गरिरहेको बताए । त्यस्तै जगदम्बाले सिमेन्ट मात्र उत्पादन गर्ने र सिमेन्टको बोरा भने सर्बोत्तमले नै दिने उनले बताए । जगदम्बा सिमेन्टको फ्याक्ट्रीमा पनि सर्बोत्तम सिमेन्टमा रहेको भीआरएम प्रविधि जडान रहेकोले सर्बोत्तम सिमेन्टको फ्याक्ट्री र जगदम्बा सिमेन्टको फ्याक्ट्रीबाट उत्पादन हुने सिमेन्टको गुणस्तर समान हुने अध्यक्ष न्यौपानेले बताए । उनले जगदम्बा सिमेन्टमा र सर्वोत्तम सिमेन्टमा रहेका प्रमोटरहरुको दुवै कम्पनीमा समान शेयरहोल्डिङ रहेको तथा दुवै कम्पनी एकै समुह अन्तर्गत रहेकोले स्वार्थ नबाझिने दाबी समेत गरेका छन् ।सर्वोत्तम सिमेन्टले बुक बिल्डिंग विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले गत आइतबार निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गरेको हो । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।

बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, यसै आवबाट नाफामा

काठमाडौं । कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्द प्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ ।गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ । उद्योगले आव २०७८-७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो […]

वर्षायाममा पनि उदयपुर सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा

उदयपुर । २९ वर्षदेखि गैँडा सिमेन्ट उत्पादन गरिरहेको उदयपुर सिमेन्ट उद्योग सामान्यतया बर्षायाम सुरु भएपछि लगभग बन्दको अवस्थामा रहने गरेको भए पनि यस वर्षको श्रावण भाद्र महिनामासमेत क्लिंकर उत्पादन भएको छ । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनुसार साउन महिनामा लगभग ९ हजार मेट्रिक टन(करिब १ लाख ८० हजार बोरा) र भाद्रमा लगभग १२ हजार मेट्रिक […]

हेटौंडा सिमेन्टले १ वर्षमा बेच्यो एक अर्ब ४० करोड रूपैयाँको सिमेन्ट

हेटौंडा। हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले एक वर्षमा एक अर्ब ४० करोडको सिमेन्ट बिक्री गरेको छ। उद्योगले गत आर्थिक वर्ष २०७७/७८मा सो मूल्यको सिमेन्ट बिक्री गरेको हो। गत आर्थिक वर्षमा उद्योगले उक्त रकम बराबरको कुल १८ लाख ५३ हजार ७६४बोरा सिमेन्ट बिक्री गरेको हो। उद्योगले कुल ३१लाख २०हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो।

६ महिना नपुग्दै एक अर्ब ११ करोडको उत्पादन

उदयपुरको जलजलेमा सञ्चालित पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)ले ६ महिना नपुग्दै झन्डै सवा अर्ब बराबरको गैंडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको छ । विगतका वर्षको तुलनामा झन्डै तेब्बर बढी उत्पादन गर्न थालेको उद्योगले चालु आर्थिक वर्षको माघ २० सम्म ११ लाख ४५ हजार नौ सय ९४ बोरा सिमेन्ट उत्पादन गरेको जनाएको छ ।