काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौFमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौँमा वर्षा, आज चिसो महसुस

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकालगायत केही क्षेत्रमा छिटफुट वर्षा भएको छ। केही अघि काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भएको हो।पछिल्लो चौविस घण्टामा ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार उच्च पहाडी तथा हिमालीमा हिमपात भइरहेको छ भने पश्चिमदेखि काठमाडौँसम्मका क्षेत्रमा मौसम बदली भएको छ।  उनका अनुसार डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ। कालिकोटमा २४.६, डोटी २३, दैलेख

लामो समयपछि काठमाडौँमा वर्षा

काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो  हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।  मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर

हिउँले ढाकियो चन्द्रागिरी (फोटोफिचर)

यतिबेला काठमाडौँमा  वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका छन् ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।