हिउँले छोपेको चन्द्रागिरी [भिडियो]

गएराति देखिको वर्षाका कारण बुधवार देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भयो । राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ पर्‍यो । बुधवार बिहान चन्द्रागिरी पुग्दा पूरै डाँडो हिउँले ढाकिएको थियो । हेर्नुहोस्, भिडियो :

सम्बन्धित सामग्री

हिउँ खेल्न पुगेका चार्टर एकान्टेन्ट मृत फेला

काठमाडौं, २३ माघ । चन्द्रागिरी नजिकै देउराली डाँडामा हिउँ खेल्न पुगेका एक युवकको शव फेला परेको छ । हिउँले पुरिएको अवस्थामा ललितपुरको महालक्ष्मी नगरपालिका–६ टिकाथलीका प्रज्वल पोखरेल भेटिएको प्रहरीले जनाएको छ । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने इन्द्रसरोबर गाउँपालिका–५ देउराली डाँडामा हिउँ खेल्न पुगेका पोखरेल मृत भेटिएका हुन् । उनी पेशाले चार्टर एकान्टेन्ट भएको प्रहरीको […]

तस्बिरमा चन्द्रागिरीको हिउँमा भुलिएकाहरु (१० तस्बिर)

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरी डाँडोमा हिमपात भएको छ । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए । हिमपात सुरू भएसँगै काठमाडौं नजिकको चन्द्रागिरी डाँडामा हिउँ हेर्न आउनेहरूको लर्को लागेको छ । चिसो मौसमको परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा–युवती र किशोर–किशोरीहरु […]

हिउँले छोपिएको चन्द्रागिरी पुग्दा जे देखियो [फोटोफिचर]

गएराति देखिको वर्षाका कारण देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ । राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ परिरहेको छ । काठमाडौंबाट नजिकै पर्ने मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्दा काठमाडौं-हेटौंडा यातायात सेवा बुधवार बिहानैदेखि अवरुद्ध भएको छ ।  बाक्लो हिउँ परेपछि बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।  काठमाडौंबाट हेटौंडातर्...

फोटोफिचर: हिउँले सेताम्मे चन्द्रागिरि

उपत्यका आसपासका पहाडमा बुधबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो । चन्द्रगिरि डाँडामा मंगलबार रातिदेखि हिउँ परेको छ । बुधबार बिहान हिउँ खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको बिहानैदेखि चन्द्रागिरी पुगेका छन् । पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरिलगायतका डाँडामा हिउँ परेको हो ।

हिउँले ढाकियो चन्द्रागिरी (फोटोफिचर)

यतिबेला काठमाडौँमा  वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका छन् ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

हिउँले ढाकियो चन्द्रागिरी, हेर्नुस् ६ तस्बिर

काठमाडौं । न्यूनचापीय वायुका कारण राजधानी उपत्यकालगायत देशैभर गएरातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । उपत्यकाको प्रमुख पर्यटकीय क्षेत्र तथा सबैभन्दा अग्लो स्थान चन्द्रागिरी डाँडामा पनि विहानैदेखि हिमपात भइरहेको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ । हिउँ परेपछि […]

काठमाडौंको वरिपरि हिउँ

काठमाडौं उपत्यकाको वरिपरि डाँडाहरूमा हिउँ परेको छ। शनिबार बिहान चन्द्रागिरी, शिवपुरी, नगरकोट, फूल्चोकीलगायत डाँडा हिउँले सेताम्मे भएका छन्।

हिउँले ढाकियो चन्द्रागिरी, केबलकारबाटै पुगेर खेल्न सकिने

१० माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । काठमाडौंमै हिउँमा रमाउन चाहानेहरु अब …