पश्चिमी वायुको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाण्डाै – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताउनुभयो । काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्य बर्षा र हिमपात भैरहेको भएपनि ठूलो पानी तथा हिउँ पर्ने सम्भावना भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । य...

सम्बन्धित सामग्री

राजधानीमा हल्का वर्षा, १० तस्वीरमा

काठमाडौँ : राजधानीमा बिहीवार हल्का वर्ष भएको छ। जसका कारण जाडो बढ्नुका साथै जनजीवन प्रभावितसमेत भएको छ। पश्चिमी वायुको प्रभाव  रहेकाले देशका धेरै स्थानमा मौसम बदली रहेको छ। काठमाडौँदेखि पश्चिम क्षेत्रमा बढी बदली छ। वर्षापछि काठमाडौँको अवस्था यी १० तस्वीरमा हेरौँ।

पश्चिमी वायुको प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।...

पश्चिमी वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको […]

पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ।  शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी  भू-भागका  केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थो

पश्चिमी वायुको प्रभाव बढ्ने : हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार रातिबाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक  बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ।  चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।मंगलबार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्था

पश्चिमी वायुको प्रभाव : अझै वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै  वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी,  बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभाव : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मौसम  पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। दिउँसो पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। द

पश्चिमी वायुको प्रभाव : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू-भागमा मौसम आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।दिउँसो लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले ज

देशमा पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्ण...

पश्चिमी वायुको प्रभाव : आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भेगमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले अनुमान गरेको छ।सोमबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। राति पनि पहाड तथा तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा