वरिष्ठ लोक गायक खर्क बुढामगर सम्मानित

काठमाडौं : मादल वादक तथा वरिष्ठ लोक गायक खर्क बुढामगर शोभा अर्जुन संगीत कोष द्वारा सम्मानित भएका छन्। लोक संगीतका प्राध्यापक तथा गायीका शोभा तिवारी लोहनीको ७० औं जन्मजयन्तीको अवसरमा यही साउन ११ गते सम्मान गरिएको हो। सो अवसरमा कलाकार बुढामगरलाई कोषले रुपैयाँ १००००।–(दश हजार) नगद छात्रवृत्ति समेत प्रदान गरेको छ। साथै कोषले बादी सरोकार मञ्च सुर्खेतमा आस्रित  छात्राहरु पार्वती वादी र कमला वादीलाई पनि दश हजार नगद छात्रवृत्ति प्रदान गरेको छ।सुर्खेत र काठमाडौंमा आयोजित फरक–फर

सम्बन्धित सामग्री

कल्याण शेरचन स्मृति दिवसमा वरिष्ठ लोक गायक कुमार र राजनलाई सम्मान

२४ माघ, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई सम्मान गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३औं […]

लोक गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक

काठमाडौं, १५ साउन । लोक गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा,र सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ । शब्द संयोजन पनि बद्री सापकोटाको नै रहेको छ । ‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ्ग, तनहु, लम्जुङ्गलगायत गण्डक क्षेत्रमा सुनिने भाका भएको सापकोटाले बताए । ‘गाउँघरमा आमा, हजुरआमाहरुले गाउने नाच्ने गीत […]

लोक गायक राजु परियारलाई पितृशोक

काठमाडौं, ३० असोज । चर्चित लोक गायक राजु परियारको पिताको निधन भएको छ। परियारले आफ्नो बुवाको आज विहान ७ बजे निधन भएको जनाएका छन् । उनले बुवाको निधनसँगै घरको सम्पूर्ण जिम्मेवारी आफूमा आएको पनि उल्लेख गरेका छन् । राज परिवारका जेठो छोरा हुन् । उनले फेशबुकमा लेखेका छन्- ..बुवा आज देखि मलाइ घरको समपुर्ण जिम्मेवारी […]

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]

वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं : वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ। हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो।  त्यस अघि लामालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। बिहान १० बजेदेखि साढे १२ बजे सम्म श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा राखिने तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिए।उनको हिजो बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा निधन भएको थियो।

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । गएराति बौद्धबाट घर फर्किनुभएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक […]

वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए। लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै

लोक गायक परियार सम्मानित

लमजुङ, (नेस)। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित नेकपा एमाले लमजुङको आठौं जिल्ला अधिवेशनमा लमजुङको लोकदोहोरीका बादशाह उपमा पाएका लोक गायक राजु परियार सम्मानित भएका छन्। नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका प्र्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा लोकगायक परियारलाई सम्मान गरेका हुन्। लोकदोहोरी गीतका माध्यमबाट लमजुङलाई देश विदेशमा चिनाउन महत्वपूर्ण […]

दर्जन बढी लोक गायक गायिकाको एउटै मञ्चमा सांगीतिक प्रस्तुति

रामप्रसाद खनाल, दुर्गा रायमाझी, बालचन्द्र बराल, नविन पौडेल लगायत करिब तीन दर्जन बढी लोक गायक गायिकाको सांगीतिक प्रस्तुति एउटै मञ्चमा रहने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १७ गते शनिबार (१ जनवरी) मा नागार्जुनको हलचोकमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रम ‘ह्यापी न्यू इयर २०२२’ मा धेरै कलाकार एकसाथ प्रस्तुत हुन लागेका हुन् । ‘स्काई भ्यु रिसोर्ट’ मा मध्यान्ह १ बजेदेखि साँझसम्म आयोजना हुन लागेको कार्यक्रम थुप्रै लोक गायक गायिकाले आफ्ना चर्चित गीत संगीत

कलाकार पल्पसालाई लोक गायक कृष्ण कँडेलको सहयोग

दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् । गायक कडेलले अस्पतालै पुगेर ७० हजार नगद सहयोग गरेका हुन् ।कडेलले आफ्नो टेलिभिजन कार्यक्रम इन्द्रेणीको तर्फबाट उक्त सहयोग गरेका हुन् । सोही अवसरमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन् । आफुले सहयोग गर्दै गायक कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल