पुनर्बहालीपछिको एकमुष्ट भुक्तानीमा करको लेखांकन कसरी : सर्वाेच्च अदालतको फैसलापछि कानूनमा संशोधन

रोजगारीको आय भन्नाले कुनै पनि प्राकृतिक व्यक्तिको रोजगारीको शर्तअनुसार आफ्नो ज्ञान, अनुभव, शीप, जाँगर तथा श्रम प्रयोग गरी सेवा प्रदान गरेबापत प्राप्त गरिने पारिश्रमिक जस्तै नगद, जिन्सी तथा अन्य सुविधालाई बुझाउँछ । रोजगारीको आयको गणना आयकर ऐन, २०५८ को दफा ८ मा विस्तृत रूपमा गरिएको छ । आयकर ऐन, २०५८ ले चारओटा आयका शीर्षकमा वर्गीकरण गरेको छ जसमा (क) व्यवसाय, (ख) रोजगारी, (ग) लगानी, र (घ) आकस्मिक लाभ पर्छन् । ऐनले रोजगारीको परिभाषा गर्दा कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनुपर्छ भनी उल्लेख गरेको छ भने आयलाई परिभाषित गर्दा कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय सम्झनुपर्छ भनी उल्लेख गरेको छ । आयकर ऐन, २०५८ अनुसार रोजगारीको आयमा अग्रिम आयकर कट्टी गरी उक्त करको रकम रोजगारदाताले बुझाउनुपर्ने व्यवस्था रहेको छ । अग्रिम करकट्टीबापतको रकम आयकर ऐनअनुसार प्रत्येक महीना समाप्त भएको २५ दिनभित्र आन्तरिक राजस्व विभागमा बुझाउनुपर्छ । यदि अग्रिम करकट्टी गरेको रकम दाखिला नगरेको वा घटी दाखिला गरेको रकम भएमा आयकर ऐनअनुसार जरीवाना तथा शुल्क बुझाउनका लागि गरेको आदेशउपर मात्र ऐनको दफा ११४, ११५ अनुसार प्रशासकीय पुनरवलोकन तथा राजस्व न्यायाधिकरणको पुनरावेदन गर्न सकिने व्यवस्था रहेको छ । यस्तो प्रशासकीय पुनरवलोकन गर्ने अधिकार रोजगारदातालाई मात्र रहने हो । यसका अतिरिक्त रोजगारीको क्रममा रोजगारदाताले अग्रिम कर बढी बुझाएमा, आयकरमा तोकिएको दरभन्दा बढी कर असुल गरेमा त्यस सम्बन्धमा न्यायिक उपचारका लागि आयकर ऐनमा व्यवस्था गरिएको छैन । यस्तो अवस्थामा नेपालको संविधानअनुसार असाधारण क्षेत्राधिकारअन्तर्गत न्यायालयको ढोका ढकढक्याउन सकिन्छ ।  कर्मचारीको अवकाशपछि पुन: न्यायालयमा मुद्दा गरी न्यायालयको आदेश वा निकायबाट पुनर्बहाली भएको अवस्थामा बहाल टुटेको अवधिको एकमुष्ट प्राप्त रकममा प्रत्येक वर्षका लागि छुट्टाछुट्टै कर कट्टा गरी हिसाब गर्नुपर्ने भनी सर्वाेच्च अदालतबाट व्याख्या भएको छ ।  रोजगारदाताले कर्मचारीलाई संस्थाको कर्मचारी विनियमावली, श्रम ऐन, प्रचलित कानूनविपरीत अवकाश वा बर्खास्त गरेमा त्यस्तो कर्मचारीले न्यायिक उपचार खोज्न सक्छन् । यसरी न्यायिक उपचारको क्रममा गैरकानूनी अवकाश भएमा प्रशासकीय अदालत, श्रम अदालत वा न्यायालयबाट पुनर्बहाली भई टुटेको अवधिको तलबभत्ता प्राप्त गर्छ । यसरी प्राप्त तलबभत्तामा जुन वर्ष प्राप्त गरेको हो सोही वर्षका लागि मात्र आय गणना गर्ने हो वा सेवा अवधि टुटेको सम्बन्धमा प्राप्त गरेको प्रत्येक वर्षको छुट्टाछुट्टै आय निर्धारण गर्ने हो भन्ने सम्बन्धमा विवाद उत्पन्न भएको पाइन्छ । रोजगारदाताले एकमुष्ट रकम भुक्तानी गरेको वर्षका लागि आय मानी आयकर गणना गरेको सन्दर्भमा केही कर्मचारीहरू गैरकानूनी कर लिएको भनी अदालतमा असाधारण क्षेत्राधिकारअन्तर्गत निवेदन गर्ने गरेको पाइन्छ । यस सम्बन्धमा सर्वाेच्च अदालतबाट धेरै मुद्दामा व्याख्या भएको पाइन्छ ।  यसै सन्दर्भमा पहिलो मुद्दाका रूपमा लीलाप्रसाद उप्रेतीविरुद्ध नेपाल बैंक लि. मा व्याख्या गरेको छ । जसमा ‘नोकरी टुटी मुद्दा जिती पुनर्बहाली भएकोमा निजको टुटेको अवधिको तलबभत्ता एकमुष्ट प्राप्त गरेकोलाई एकमुष्ट रकमलाई कर निर्धारण गर्ने पछिल्लो वर्षको आय मान्न नमिल्ने, पारिश्रमिक आयलाई प्रत्येक वर्षको एकमुष्ट रकम १ वर्षको आयमा नै पछि निवेदकजस्ता करदातालाई करको भार बढ्न जाने र सरकार ‘अनजष्ट इनरिच’ हुन पुग्ने भन्दै सबै आ.व. को एकमुष्ट रूपमा हिसाब नगरी प्रत्येक आर्थिक वर्षको आयको छुट्टाछुट्टै हिसाब गरी आय निर्धारण गर्नुपर्नेमा विपक्षीहरूले एकमुष्ट रूपमा आय निर्धारण गरी करकट्टी गरेको देखिएकाले त्यसलाई कानूनसम्मत भएको भनी मान्न नमिल्ने’ भनी व्याख्या भएको छ । सर्वाेच्च अदालतबाट कर्मचारीको नोकरी टुटी पुनर्बहालीपछि प्रत्येक वर्षको पारिश्रमिक आयलाई छुट्टाछुट्टै आय निर्धारण गरी करकट्टी गर्नुपर्छ भन्ने स्पष्ट व्याख्या भएको छ । यस सम्बन्धमा प्रत्येक वर्षका लागि अलगअलग आ.व. को पारिश्रमिक आय गणना गर्दा कर लाग्ने भए उक्त करकट्टी गरी बाँकी बढी कट्टी गरेको कर निवेदकलाई फिर्ता दिनु भनी परमादेशसमेत जारी भएको छ । उदाहरणका लागि लक्ष्मीप्रसाद घिमिरे वि. आन्तरिक राजस्व कार्यालय, क्षेत्र नं. १ समेत, उत्प्रेषण परमादेश, रामप्रसाद राई वि. राष्ट्रिय वाणिज्य बैंक, उत्प्रेषण, सजीवकुमार लामा वि. आन्तरिक राजस्व कार्यालय बबरमहल उत्प्रेषण, बद्रीप्रसाद प्याकुरेलविरुद्ध नागरिक उड्डयन प्राधिकरणलगायत मुद्दाहरूमा सर्वाेच्च अदालतबाट व्याख्या भएको छ । यसरी पुनर्बहाली भएपश्चात् बहाल टुटिसकेको अवधिको पारिश्रमिक एकमुष्ट प्राप्त गरेको अवस्थामा उक्त पारिश्रमिक प्रत्येक वर्षका लागि छुट्टाछुट्टै आय मानी करकट्टी गर्नुपर्छ । यदि अग्रिम करकट्टी गर्दा बढी रकम करकट्टी गरेको स्थितिमा सम्बद्ध कर्मचारीलाई फिर्ता दिनुपर्छ भनी सर्वाेच्च अदालतले व्याख्या गरेको छ । यो व्यवस्था मिति २०८०/०३/३२ सम्म पुनर्बहाली भई रकम प्राप्त गरेको कर्मचारीको हकमा मात्र लागू हुने गरी तत्पश्चात् आयकर ऐन संशोधन भएको छ ।  सर्वाेच्च अदालतको फैसलापश्चात् आयकर ऐनमा संशोधन गरी नोकरी टुटी पुनर्बहाली भएको अवस्थामा टुटेको अवधिको पारिश्रमिक एकमुष्ट प्राप्त गरेको सन्दर्भमा आयकर ऐनलाई नेपाल सरकारले संशोधन गरेको छ । आर्थिक ऐन, २०८० को दफा ४४ मा आयकर ऐन, २०५८ मा संशोधनमा निम्नानुसारको थप गरेको छ । आयकर ऐन, २०५८ को दफा २२ मा निम्नानुसारको शब्दावली रहेको थियो । ‘प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनका लागि नगद आधारमा लेखांकन गर्नु पर्नेछ । तत्पश्चात् आर्थिक ऐनले थप गरेको वाक्यांश दफा २२ को उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ, ‘तर, अदालतमा मुद्दा परी त्यस्तो मुद्दाको निरूपणपश्चात् कुनै प्राकृतिक व्यक्तिले रोजगारी वापत विगत आय वर्षहरूको पारिश्रमिक एकमुष्ट भुक्तानी प्राप्त गरेको अवस्थामा कर प्रयोजनका लागि सम्बद्ध आय वर्षमा प्रोद्भावी (एक्रुयल) आधारमा लेखांकन गर्नु पर्नेछ ।’ यो आर्थिक ऐनले गरेको संशोधन मिति २०८०/०४/०१ बाट लागू हुने हो । मिति २०८०/०४/०१ बाट कुनै कर्मचारीले अदालतको आदेशबाट पुनर्बहाली भई बहाल टुटेको अवधिको एकमुष्ट तलब भत्ता प्राप्त गरेको अवस्थामा, निजको हकमा विगत आ.व. को पारिश्रमिक आयको कर प्रयोजनका लागि सम्बद्ध आय वर्षमा प्रोद्भावी (एक्रुयल) आधारमा लेखांकन गर्नुपर्छ । आयकर ऐन, २०५८ को दफा २२(२) को प्रतिबन्धात्मक वाक्यांश लागू हुने भन्दा अगाडि अर्थात् २०८०/०३/३२ सम्म एकमुष्ट भुक्तानी प्राप्त गरेका कर्मचारीहरूको हकमा सर्वाेच्च अदालतबाट माथि उल्लेख भएका फैसलाअनुसार नै करकट्टी हुने देखिन्छ । यसबाट समेत आयकर ऐनको व्याख्या सर्वाेच्च अदालतबाट भएपश्चात् नेपाल सरकारले कर कानूनमा परिवर्तन गरी बढी कर उठाउन अग्रसर भएको पाइन्छ ।  कानूनबमोजिम बाहेक कर उठाउन नपाइने संवैधानिक व्यवस्था रहेको छ । कर नै सरकारको मुख्य आम्दानीको स्रोत भएकाले सरकार बढीभन्दा बढी कर उठाउन अभिप्रेरित रहेको हुन्छ । साथै करदाताले तोकिएको कर तिर्न इच्छुक हुन्छन् तर त्यसभन्दा बढी कर तिर्न चाहँदैनन् । कानूनबमोजिम बाहेक कर लगाउने तथा उठाउन नपाइने संवैधानिक प्रत्याभूति प्रत्येक नागरिकलाई छ । रोजगारीको आयमा गलत किसिमबाट गैरकानूनी तवरमा आयकर ऐनमा भएको व्यवस्थाभन्दा बढी कर लगाएमा वा कट्टा गरेमा संवैधानिक उपचारका माध्यमबाट न्यायालयमा रिटको माध्यमबाट कानूनी उपचार खोजिन्छ । कर्मचारीको अवकाशपश्चात् पुन: न्यायालयमा मुद्दा गरी न्यायालयको आदेश वा निकायबाट पुनर्बहाली भएको अवस्थामा बहाल टुटेको अवधिको एकमुष्ट प्राप्त रकममा प्रत्येक वर्षका लागि छुट्टाछुट्टै कर कट्टा गरी हिसाब गर्नुपर्ने भनी सर्वाेच्च अदालतबाट व्याख्या भएपश्चात् नेपाल सरकारले आयकर ऐनलाई संशोधनसमेत गरेको छ । त्यस्तो संशोधन उक्त संशोधित मितिपश्चात् लागू हुने हो, संशोधन मितिभन्दा अगाडिको भुक्तानी तथा कर गणनाका हकमा प्रभाव पार्न सक्ने होइन । लेखक बैंकिङ अपराध विषयमा विद्यावारिधिप्राप्त अधिवक्ता हुन् । 

सम्बन्धित सामग्री

सङ्घीय सरकारविरुद्ध बाग्मती प्रदेश सरकार सर्वाेच्च जाने

मकवानपुर – बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेको छ । आज बुधवार बसेकाे प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।सङ्घीय संसदबाट पारित सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ ले प्रदेशको अधिकार सङ्कुचित गर्ने प्रदेश सरकारको निष्कर्ष छ । संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामि...

तस्बिरमा तातेको सर्वाेच्च अदालत परिसर

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसनकै नेतृत्वमा कानुन व्यवसायी सर्वाेच्च अदालतमा धर्नामा बसेका हुन् । कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार […]

न्याय खाेज्दै सर्वाेच्च अदालत पुगेकी हिंसापीडित बिनु पक्राउ (तस्बिरसहित)

काठमाडाैँ- हिंसापीडित बिनु यादव सर्वाेच्च अदालतकाे गेटैबाट पक्राउ परेकी छन्। मंगलबार बिहान सेताे सारीमा आएकी यादवले सर्वाेच्च अदालत लेखिएकाे बाेर्डमा राताे रंग फ्याँकेकी थिइन्। त्यसपछि उनी पक्राउ परेकी हुन्। प्रहरीले निषेधित क्षेत्रमा गएकाे भन्दै उनलाई पक्राउ गरेकाे हाे। पक्राउ परेकी  बिनुकाे घर सिरहा हाे। उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन्। उनले […]

उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा […] The post उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उम्मेदवारी खारेज भएपछि सर्वाेच्चमा मुद्दा हाल्न काठमाडाैं आउँदै राजु गुरुङ

'म अब सर्वाेच्च अदालत जाने हाे । काठमाडाैं आउन प्लेन चढिसकेँ', उनले भने ।

चाेलेन्द्र आउने खबरले सर्वाेच्चमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालत फर्किन थालेकाे खबरका बीच सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वाेच्च अदालत

काठमाडौं- अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वाेच्च अदालत पुगेका छन् ।   बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गरेको थियो ।  उक्त निर्णयविरुद्ध डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि […]

सर्वाेच्च अदालत परिसरमा सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौँ, २ मङ्सिरः सर्वाेच्च अदालत परिसरमा सुरक्षामा खटिएका सुरक्षाकर्मी । –तस्बिर : प्रदीपराज वन्त-रासस

बार आन्दोलनमा आज पनि प्रहरीको धरपकड, माइक खोसियो

कानुन व्यवसायीहरुले सर्वाेच्च अदालत परिसरमा गरेको प्रदर्शनमा आज पनि प्रहरीले धरपकड गरेको छ ।  प्रहरीले अघिल्ला दिनहरुमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीहरुलाई जान रोक लगाएको छ ।  घेरा तोडेर प्रदर्शनकारीहरु...

संविधानकाे रक्षा गर्न सर्वाेच्च अदालत गएकाे हुँ : सभामुख सापकाेटा

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएको भन्दै संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएकाे बताउनुभएको छ । सभामुख सापकोटाले शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकारले शृङ्खालाबद्ध रूपमा संविधान उल्लङ्घन गरेका कारण संविधानको रक्षा, संरक्षण र संवर्द्धनका लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताउनुभएको हो । सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्...