जापानमा बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना : गर्मीका कारण हुने मृत्यु सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य

काठमाण्डौ – जापानले बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेकोमा सन् २०३० सम्ममा त्यसलाई आधाले घटाउने लक्ष्य राखिएको छ ।  मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ कार्ययोजनामा गर्मी स्ट्रोकसँग जुध्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानुन परिमार्जन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग तथा अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी प्...

सम्बन्धित सामग्री

जापानले सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्यु हुनेको संख्या आधा घटाउने लक्ष्य

जापान सरकारले मङ्गलबार पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यसता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ। मन्त्रिपरिषद्द्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्वन गर्ने गरी कानून परिमार्जन गरिएको छ। योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा …

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरू घाइते भएका हुन् । चालू आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटिका कारण भएको देखिएको छ । कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय शुरू हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे । उनले जिल्लामा अहिले आपत् कालीन कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए । उनले भने, ‘सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अंग, सामुदायिक वन महासंघ, रेडक्रसजस्ता संस्थाको सहभागितामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।’ चैत १५ गतेसम्म कार्ययोजना तयार हुने जनाउँदै उनले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताए । गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्त्वपूणर् हुने उनको भनाइ छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले पूर्वतयारी गरिरहेका छौं ।’ पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको उनले बताए । मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङजस्ता कारणले आगलागी बढी हुने गरेको छ । -रासस

मजदुरका गुनासा सुन्न कल सेन्टरमा श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन् ।श्रममन्त्री कुँवरले प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका छन् । उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले […]

श्रममन्त्री कुँवरले प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्। उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन…

मन्त्री कुँवरद्वारा प्रत्यक्षरूपमा श्रमिकको गुनासो सुन्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको,मेलेसिया तथा अन्य […]

२०८७ सम्ममा रेबिज रोग नियन्त्रणका लागि संकल्प प्रस्ताव

काठमाडौं । पशुसेवा विभागले ‘रेबिज रोग नियन्त्रण : स्थानीय तहसँग सहकार्य र भावी दिशा’ विषयक कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार धुलिखेलमा भएको उक्त कार्यक्रममा स्थानीय तहको अग्रसरतामा रेबिज रोग नियन्त्रणमा प्राप्त उपलब्धिलाई आत्मसात् यसको पूर्ण नियन्त्रणका लागि संकल्प प्रस्ताव पारित गरिएको छ । रेबिज रोगबाट हुने मानव मृत्यु २०८७ सालसम्ममा शून्यमा झार्ने अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार उक्त लक्ष्य पूरा गर्न यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । संकल्प प्रस्तावमा २०८७ सालसम्ममा रेबिज रोगबाट हुने मानव मृत्यु शून्य बनाउने अभियानको सफलताका लागि सबैले आफ्नो तहबाट कार्ययोजना तय गरी सोहीअनुसार कार्य गर्ने, रोग नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधन, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ता, बन्ध्याकरण, फोहोरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुुकुरको संख्या नियन्त्रण गर्ने, रेबिज रोग रोकथामका लागि तीन तहका सरकार तथा अन्य सरोकारवाला निकायबीच एक–आपसमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्ने लगायत कार्ययोजना उल्लेख छ । नेपालमा ९५ प्रतिशतभन्दा बढी रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट हुने गरेको सरकारी तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार रेबिज रोगका कारण हरेक ९ मिनेटमा एक व्यक्तिको मृत्यु हुने गरेको छ । यसरी मृत्यु हुनेमध्ये करीब ६० प्रतिशत बालबालिका छन् ।

सर्वोच्चको आदेश - उपचार अभावले मृत्यु हुने अवस्था नआओस्

सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सात दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायका विषयमा राज्यको जिम्मेवारी वहन हुने प्रतिबद्धता व्यक्त भएको स्पष्ट र कार्यान्वयनयोग्य कोभिड–१९ नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।संविधानको धारा ३५ ले सबै नागरिकलाई रा

सर्वोच्चले भन्यो : अक्सिजन अभावले मृत्यु हुने अवस्था नआओस्

सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सात दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायका विषयमा राज्यको जिम्मेवारी वहन हुने प्रतिबद्धता व्यक्त भएको स्पष्ट र कार्यान्वयनयोग्य कोभिड–१९ नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । संविधानको धारा ३५ ले सबै नागरिकलाई राज्यबाट आधारभूत, स्वास्थ्य सेवा न...

बढ्दो स्वास्थ्य जोखिम (सम्पादकीय)

सरकारले कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको दोस्रो चरणको जोखिमविरुद्ध कार्ययोजना बनाउने भएको छ । बिहीबार चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा ‘पोजेटिभ’ देखिएकाले पछिल्ला हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्पष्ट हुन्छ । कोरोनाबाट नेपालमा आइतबारसम्म तीन हजार ३२ को मृत्यु भइसकेकोे छ । हालसम्मको मृत्यदर १.१ प्रतिशत रहेको छ । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रही त्यसपछि घट्दो अवस्थामा रहेको बेला विश्वका विभिन्न स्थानमा जस्तै नेपालमा पनि दोस्रो चरणको कोरोना सङ्क्रमण भयावहका रूपमा प्रकट हुने हो कि भन्ने अवस्था छ । छिमेकी मुलुक भारतमा उच्च दरमा सङ्क्रमित बढेका र बेलायती भेरियन्ट (नयाँ रूप)को भाइरसको सङ्क्रमण देखिएकाले नेपालले उच्च सतर्कता अपनाउनुपर्नेमा सम्बद्ध जानकारले जोड दिइरहेका छन् । यसैले सरकारले तत्कालका लागि शैक्षिक संस्था, चलचित्र हल, सभा–सम्मेलनमा हुने भीडभाड रोक्नुपर्ने आवश्यकता देखेको छ । तत्काल शैक्षिक संस्था बन्द नगरिए पनि एक कक्षाकोठामा बढीमा २५ जनासम्म राखेर पढाउन सकिने जनाइएको छ । जनसम्पर्क तथा अन्तक्र्रिया घटाउनु नै कोरोना नियन्त्रणको पहिलो कदम मानिने भएकाले भीडभाड नियन्त्रणमा सरकार केन्द्रित हुनैपर्छ ।

पूर्वतयारी कार्ययोजना तयार हुँदै

गत भदौ ३० गते बिहान काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा घर माथिबाट पहिरो आउँदा एकै परिवारका तीन जनाको घटनास्थलमा नै मृत्यु भयो । घरनजिकैको जग्गामा ढुङ्गाखानी चलाउँदा अविरल वर्षासँगै आएको पहिरोमा परी आमासहित छोराछोरीको मृत्यु भएको थियो ।