बढ्दो स्वास्थ्य जोखिम (सम्पादकीय)

सरकारले कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको दोस्रो चरणको जोखिमविरुद्ध कार्ययोजना बनाउने भएको छ । बिहीबार चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा ‘पोजेटिभ’ देखिएकाले पछिल्ला हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्पष्ट हुन्छ । कोरोनाबाट नेपालमा आइतबारसम्म तीन हजार ३२ को मृत्यु भइसकेकोे छ । हालसम्मको मृत्यदर १.१ प्रतिशत रहेको छ । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रही त्यसपछि घट्दो अवस्थामा रहेको बेला विश्वका विभिन्न स्थानमा जस्तै नेपालमा पनि दोस्रो चरणको कोरोना सङ्क्रमण भयावहका रूपमा प्रकट हुने हो कि भन्ने अवस्था छ । छिमेकी मुलुक भारतमा उच्च दरमा सङ्क्रमित बढेका र बेलायती भेरियन्ट (नयाँ रूप)को भाइरसको सङ्क्रमण देखिएकाले नेपालले उच्च सतर्कता अपनाउनुपर्नेमा सम्बद्ध जानकारले जोड दिइरहेका छन् । यसैले सरकारले तत्कालका लागि शैक्षिक संस्था, चलचित्र हल, सभा–सम्मेलनमा हुने भीडभाड रोक्नुपर्ने आवश्यकता देखेको छ । तत्काल शैक्षिक संस्था बन्द नगरिए पनि एक कक्षाकोठामा बढीमा २५ जनासम्म राखेर पढाउन सकिने जनाइएको छ । जनसम्पर्क तथा अन्तक्र्रिया घटाउनु नै कोरोना नियन्त्रणको पहिलो कदम मानिने भएकाले भीडभाड नियन्त्रणमा सरकार केन्द्रित हुनैपर्छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा औलोको बढ्दो जोखिम

काठमाडौं : भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ।रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा परेको हो।‘सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्छ,  कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा विदेशबाट आएका बिरामी बढी छन्।’ आर्थिक वर्ष ०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थान

४३ देशमा हैजा महामारीको जोखिम : डब्लुएचओ

जलवायु परिवर्तन, भूकम्प, युद्धका कारण सुरक्षित पानी र सरसफाइमा पहुँचको अभावसँगै झाडापखालाको जोखिम बढ्दो विश्व स्वास्थ्य संगठनले ४३ वटा देशमा हैजा महामारीको जोखिम रहेको जनाएको छ । हाल विश्वका २२ देश हैजाबाट...

कोभिड संक्रमण भएकालाई चिसोमा थप जोखिम

काठमाडौँ – बढ्दो चिसोसँगै जनजीवन प्रभावित हुन थालेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू चिसोबाट बढी प्रभावित भइरहेका छन् । यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत चिसोले चाँडै थप समस्या बढाउने जोखिम पनि छ । कोभिड संक्रमणको अर्को लहरको […]

स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो

मुगु जिल्लामा रहेका चारै स्थानिय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्षे जनशक्ति र पूर्वधारको सुबिधा बनेपछि स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्करी गरोर्नेको संख्या बढी रहेको छ ।बिगतका वर्षहरूमा सुत्केरी आमाहरूले घर गोठमामा जोखिम मलेर सुत्केरी हुने बाध्य थियो ।अहिले जिल्लामा रहेका अधिकांश वडाहरूमा प्रसूति गृह सञ्चालनमा आएपछि मागृ तथा शिशु मृत्युदर […]

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो

झापा : भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ।भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ।भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयं स

स्वास्थ्य मन्त्रालयको सिफारिश अटेर गर्दै त्रिविले सञ्चालन गर्‍यो परीक्षा

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अट्टेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा संचालन गरिरहेको छ । यसबाट विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कक्षा संचालन अनलाइनबाट गर्ने विश्वविद्यालयले परीक्षा चाहिँ जोखिम हुन्छ भन्ने जान्दा जान्दै भौतिक […]

कोरोनाको तेस्रो लहरको जोखिम तर खोइ स्वास्थ्यमन्त्री?

एकातिर संक्रमण बढ्दो क्रममा छ भने अर्को तर्फ ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त भने गर्न सकेका छैनन्।

संक्रमितलाई नगरपालिकाको कोसेली : घर - घरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…