सर्वोच्चले भन्यो : अक्सिजन अभावले मृत्यु हुने अवस्था नआओस्

सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सात दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायका विषयमा राज्यको जिम्मेवारी वहन हुने प्रतिबद्धता व्यक्त भएको स्पष्ट र कार्यान्वयनयोग्य कोभिड–१९ नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । संविधानको धारा ३५ ले सबै नागरिकलाई राज्यबाट आधारभूत, स्वास्थ्य सेवा न...

सम्बन्धित सामग्री

इण्डोनेशियामा अक्सिजन अभाव

एजेनसी । कोरोना महामारीको चपेटामा फसेको इण्डोनेशियामा अक्सिजन अभाव हुन थालेको छ । कोरोनोको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेैलिएपछि अस्पतालमा बिरामीहरुको चाप बढेसंगै अक्सिजन अभाव हुन थालेको हो । अक्सिजन अभावकै कारण पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । अक्सिजन अभाव हुन थालेपछी सरकारले अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ । इन्डोनेशियामा दैनिक […]

समयमै बुद्धि नपुर्‍याउँदा अक्सिजन अभाव भयो: प्रदेश मन्त्री सुवेदी

‘गत वर्ष अक्सिजन चाहिएन त्यसैले बेड बनाउन लाग्यौं। अहिले अक्सिजन अभावका कारणले मृत्यु भएको छ,’ उनले भने।

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

रूपन्देही / रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन÷प्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए ।... The post अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु appeared first on Purbeli News.

अक्सिजन सिलिन्डिरको कालोबजारी

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ । विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ । सिलिन्डरको अभाव बढेपछि कालोबजारी […]

भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि ११ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना महामारी फैलिएर भयावह स्थिति निम्तिएको भारतमा यतिखेर संक्रमित बचाउन अत्यावश्यक औषधि र अक्सिजन अभाव भइरहेको छ। तिरुपतिस्थित रूइया अस्पतालमा गएराति अक्सिजन सकिएको थियो। अस्पतालभित्र अक्सिजनको सहायतामा उपचार लिइरहेका संक्रमितहरूको ज्यान गएको हो। ती सबै संक्रमित अस्पतालको आइसीयू वार्डमा थिए।अस्पतालका सुपरिटेन्डेन्ट डा.भारतीले अक्सिजन सकिँदै गएपछि भेन्टिलेटरमा राखिएका संक्रमितको ज्यान गएको जानक

उपत्यकाका अस्पतालमा अक्सिजन अभाव

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भ

अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर : कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा अक्सिजन अभावमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कमलविनायकका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।त्यस्तै, सोही अस्पतालमा अक्सिजन नभएपछि ललितपुरको अल्का अस्पताल रिफर गरिएका पोखरा स्थायी घर भई भक्तपुर बस्दै आएका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उक्त अस्पतालले अक्सिजन अभाव भएको बताउँदै अन्य बिरामीलाई पनि अन्यत्र रिफर गरेको स्रोतले बताएको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुनुका साथै अन्य बिरामीलाई

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन ...

भारतमा महिन्द्राको ‘अक्सिजन अन ह्वील’

काठमाडौं। भारतको अक्सिजन अभाव कम गर्न महिन्द्रा कम्पनीले ‘अक्सिजन अन ह्वील’ पहल सुरु गरेको छ। कम्पनीले आफूले उत्पादन गरेको अक्सिजन सिधै अस्पताल र संक्रमितको घरमै पुर्‍याउने गरी पहल सुरु गरेको बताएको छ। यस पहलको सुरुवात महाराष्ट्रबाट गरिसकेको हो। यो अभियानले अक्सिजनको अभावमा मृत्यु हुने संक्रमितको संख्या घट्ने बताइएको छ।

अस्पतालमा अक्सिजन लिक हुँदा मर्नेको सङ्ख्या २२ पुग्यो

एजेन्सी। भारतको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांकरबाट ग्यास लिक हुँदा मर्नेको सङ्ख्या २२ पुगेको छ। भारतमा कोरोनाका बिरामीलाई अक्सिजन अभाव हुँदै आएको अवस्थामा अक्सिजनकै ट्यांकर लिक हुन पुगेको हो। महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पतालमा ट्यांकरबाट अक्सिजन लिक भएपछि अस्पताल परिसर धूवाँले भरिएको थियो। महाराष्ट्रमा अहिले अक्सिजन नपाएर कोरोना सङ्क्रमितको मृत्यु भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।