कास्कीको मादीकी १७ वर्षीया किशोरीको हत्या गरेको फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मादी–९स्थायी घर भइ मकैखोलास्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारलाई हत्या गरेर फरार भएका स्याङ्जा हरिनासका खड्कबहादुर खवासलाई १४ महिनापछि कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।स्याङजा पुतलीबजार–४ स्थित शिव मन्दिर चोकबाट आइतबार पक्राउ गरिएका अभियुक्त खवासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो । गत